एन आइसि एशिया बैंक मगरागडि शाखाद्वारा राहत हस्तान्तरण



बर्दीया। अहिले बिश्व महामारीका रूपमा फैलीएको कोरोना भाइरस (कोभिड -१९) का कारण देश लकडाउनमा छ।

जिल्लाको बारबर्दियामा पनी लकडाउनका कारण दैनिक मजदुरी गर्ने मानिसहरुको अवस्था दयनीय बन्दै गएको छ। एनआइसिएशिया बैंक मगरागडि शाखाले बारबर्दिया नगर प्रमुखलाई एक लाखको अत्यावश्यक खाद्यान्न सामग्री आइतबार हस्तान्तरण गरेको छ।

सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले न्यून आम्दानी भएका अति विपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको मगरागाडि शाखाका प्रमुख रोहित कुमार बिष्टले बताए।

यस सहयोगप्रति नगरप्रमुख दुर्गा थारु ‘कबिर’ले बैंक लाई धन्यवाद ज्ञापन गर्दै सरकार मात्र नभई हरेक नेपाली संघ संस्था एवं नागरिकको संयुक्त प्रयास र योगदानले मात्र उक्त महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई नगरमा सक्रिय एटिएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ।