कालिकोट। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ का विरुद्ध यतिखेर मानव जगत युद्ध लडिरहेको छ। यो समाचार तयार गर्दाको समयसम्म विश्वमा उक्त भाइरसका कारण ६० लाख मानिसहरुले ज्यान गुमाइ सकेका छन्।
कोरोना संक्रमण नेपालमा दोस्रो चरण प्रवेश गरिसकेको स्थिति छ। सरकारले लकडाउनलाइ अझ प्रभावकारी बनाउन जरुरी छ । त्यस्तै सम्भावितहरु परिक्षणलाई सबैभन्दा तीव्रगतिमा परिक्षण गर्न जरुरी छ। कोरोनाको कहरबाट नेपालको सबैभन्दा धेरै जोखिमका रुपमा हेरिएको सुदूरपश्चि र कर्णाली प्रदेश हो। जहाँ भारतबाट नेपाल फर्किएका नेपालीहरुको संख्या हजारौं छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका सचिव नगिन्द्र शाही ‘नेशनल’ सँग कोरोनाबाट बच्न, प्रदेश र स्थानीय सरकारको भूमिका, तयारी तथा यसलाई कर्णाली प्रदेशमा संक्रमणहुन नदिन के गर्नुपर्ला ? भनेर सोधेका छौ। नेता शाहीका अनुसार कोरोना संक्रमण हुने क्षेत्र र बच्ने उपायहरु यस प्रकार छन्।
कोरोना संक्रमणका सम्भावित पक्षहरु
१ क्वारेन्टाइनमा नराखी प्रदेश सरकारको जिल्ला पठाएका मान्छेहरूबाट।
२ यातायात बन्द भएको तर, पैदल बाटाहरु प्रयोग गरी गाउँ प्रवेश गरेकाहरुबाट।
३ सूदुरपश्चिम प्रदेशको आवतजावत निरन्तरताबाट।
४ सानोसानो सहयोग लिएर असुरक्षित राहत वितरण गर्ने प्रवृत्तिबाट।
५ अन्धविश्वास तथा रुढीवादी प्रथा परम्परा
कोरोना रोकथामका उपायहरु
१ प्रदेश राजधानी र प्रदेशका १० वटै जिल्लामा कडा लकडाउन।
२ स्थानीय सरकारको समन्वयमा सुरक्षा निकायले उच्चस्वास्थ्य सतर्कतासहित राहत वितरण।
३ वर्गीय राहत वितरण गर्नुपर्ने।
४ क्वारेन्टाइनको गुणस्तरमा ध्यान दिने।
५ नागरिकलाई आत्मअनुसानमा राख्ने,
६ आर्थीक पारदर्शीताका साथ कोरोनाविरुद्धको युद्ध लड्ने।
७ कोरोना परिक्षणलाई तीव्र पार्ने।
८ जनतालाई लकडाउनमा राख्ने र सरकार पहिलेको भन्दा १०औँ गुणा सक्रिय हुने ।
९ स्थानीय र केन्द्र सरकारसँग समन्वय गरेर अगाडि बढ्ने ।
१० गतल प्रवृत्तिका सम्पूर्ण कार्यलाई निरुत्साहित गर्ने ।