पलाँता गाउँपालिका प्रवेश निषेध



कालिकोट।  संघिय सरकारले लकडाउनलाई कढाई गरेसंगै पलाँता गाउँपालिका कालिकोटले पनि आफनो गाउँपालिकामा प्रबेशमा कढाई गरेको छ ।

कोरोना रोकथामका लागि पलाँता गाउँपालिका कालिकोटले नयाँ प्रबेशीलाई गाउँपालिकामा प्रबेशमा कढाई गरेको हो।

गाउँपालिकाका अध्यक्ष लक्षमण बमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केहिदिन गाउँपालिका प्रबेश नगर्न अनुरोध गरेका छन। उनले भनेका छन भोलिदेखि पलाँता प्रबेश निषेध हुने हुदा जहाँ हुनुहुन्छ त्यतै बस्न अनुरोध छ।

साथै हुनले पलाँता सरकार साथमा छ आपुर्तिको जिम्मा सरकार लिन्छ। घरबाहिर ननिस्कनुहोस् हाम्रो सानो गल्तिले ठूलो क्षति हुन सक्छ भन्दै बुझौ र बुझाउ, बचौ र बचाउभन्दै आग्रहसमेत गरेका छन ।