महामारी, मानवता र राजनीति दाउपेच: नगिन्द्र शाही




नगिन्द्र शाही ‘नेशनल’

कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचलित एक लोक भनाइ छ, ‘जीउ भए जिउलो, कपास भए पिउलो।’ जसको अर्थ हुन्छ, ‘ज्यान भएपछि धानखेतको र कपास भएपछि बत्तिको समस्या हुँदैन।’ अहिले यो उखान समस्त मानवजातीका निम्ति प्रेरणार्थक बनेको छ। पाषाण कालदेखि अहिलेसम्म मानवजातिले गरेका सबै संघर्षहरु जुन पक्ष विपक्षबीच भए पनि अन्ततोगत्वा मानव जातिकै हितको उद्देश्यका खातिर हुँदै आएका छन्।

कतै वर्गीय, कतै क्षेत्रीय र कतै धार्मिक भए होलान्। ति संघर्षको केन्द्रभाग मानव समूदाय नै थियो। संघर्षको दायरा कहिले देश र देशबीच भयो। कहिले समूह र समूहबीच भयो। अनि कतै स्वार्थ र स्वार्थबीचको बेमेलका कारण पनि भएको इतिहासले देखाउछ। तर, ति संघर्षहरुको उद्देश्य एउटै हुन्छ, आफ्नो घेरा र परिधिनिहित मानव समूदायको रक्षा, सुरक्षा र समृद्धि गर्नु।

संसारमा देशपिच्छेका बेग्लाबेग्लै दर्शन, सिद्धान्त, वाद वा विचारधारामा आधारित शासन ब्यवस्थाहरु छन्। जुन कुनै देशमा जस्तो सुकै विचारधाराबाट शासन ब्यवस्था संचालन भए पनि ति शासन ब्यवस्थाको सारतत्व सबैको एउटै हुन्छ। आफ्ना देशमा रहेका नागरीकहरुको हितका निम्ति काम गर्नु । त्यसैले मानवजातिभन्दा पृथक राखेर यो संसारमा भौतिक जगत बाहेक अरु कुनै वस्तुको कल्पना गर्न सकिन्न।

भौतिक जगत वाहेक यो संसारमा रहेका सबै वस्तुको प्राप्ति मानवले सबै गर्न सक्छ। तर, त्यसको निम्ति पहिलो सर्त हो मानवको भौतिक शरीर। जसको अभावमा कुनै वस्तुको कल्पना गर्ने कुरा पनि कल्पना गर्न असम्भव हुन्छ। त्यस्तै ‘अर्थमा ज्यान जाओस् ब्यर्थमा रौं नजाओस्’ भन्ने जस्ता पुराना लोकोक्तिले जीवनप्रतिको गम्भीरता मात्र होइन, मानव समूदायबीचको दया, माया, करुणा र सद्भावप्रतिको मानव संवेदनशिलता पनि त्यतिकै प्रकट गर्छ। जसले गर्दा मानवजातिमा विश्वबन्धुत्वको भावनासहित सहअस्तित्वमा बाँच्ने प्रेरणा जागृत हुन्छ। अहिलेको प्रमुख चौनौति (कोभिड-१९) नामक महामारीको प्रकोपबाट सुरक्षित हुन हो। मानव समूदायलाई प्रकोपबाट सुरक्षित राख्न सक्नु नै हामी सबैको प्रमुख जिम्मेवारी र दायित्व हो। जुन लडाई जित्न सके मात्रै सुन्दर भविष्यको कल्पना गर्न सकिन्छ। त्ययसका निम्ति हामी सबैको वर्तमान सुरक्षित हनु जरुरी छ।

परिवेश एक र प्रचार अनेक

विश्व शक्तिमान देश अमेरिकादेखि अन्य विकशीत देश चीन, भारतलगागतका करिब दुई सय देशहरु अहिले नोवल कोरोना भाइरस (कोभिड १९) को महामारीबाट पिडित छन्। छिमेकी देश भारत र चीनसमेत कोरोनाको प्रकोपबाट हायल कायल हुँदा नेपाल पिडित हुन्न भन्ने कुरा कल्पनासमेत गर्न सकिन्न। सन् १९१८ मा फैलिएको स्पेनिश महामारी जसले विश्वका करीव ५ करोडभन्दा बढी मान्छेको ज्यान लगेको थियो। त्यस्तै त्यसपछि पनि विश्वमा इबोला, स्वइन फ्ल्यु जस्ता धेरै महामारी फैलिए पनि पछिल्लो आधुनिक विश्व इतिहासमा स्पेनिस महामारीपछिको (कोभिड-१९) नामक महामारीले विश्व मानवजगतमा महासंकटको त्रास सृजना गरेको छ। विगत तीन महिनादेखि विश्वका करिब पौने सात अरब जनताको वर्तमान चिन्ताजनक, भविष्य अन्यौलग्रस्त बनाएको छ। नोवल कोरोना महामारी नेपालीको पनि आँगनमा आएर खतराको घण्टि बजाई सकेकोछ। यद्यपि अहिलेसम्म कोरोनाका कारण कसैले ज्यान गुमाउनु परेको छैन। यो नेपालका निम्ति खुशीकै कुरा हो। तर, ढुक्कभई बस्ने विषय पनि होइन। नेपालको आप्mनो आन्तिरीक क्षमताअनुसार भइरहेका पहलहरुले जेनतेन कोरोनाबाट जनता थप संक्रमित हुनबाट अहिलेसम्म जोगिएकै छन्।

महामारी नियन्त्रणको सजगता जगाउँदै नागरीको आत्मविश्वास बढाउने काम गर्नुपर्ने सबै नेपालीको वर्तमान दायित्व हो। तर, केही जिम्मेवार दलका नेता र केही जिम्मेवार मिडियाहरुबाट नागरीकको मनोवल कमजोर पार्ने प्रचार प्रसार गरिनाले आम जनतामा मनोवैज्ञानिक असर पर्ने देखिन्छ। प्रमुख विषयलाई डाइर्भट गर्ने र साहयक विषयहरु उछाल्ने र देशी विदेशी सहयोगी मनहरु अल्झ्याउने गलत प्रयत्नहरु भएका छन्। कोरोना महामारीका कारण विश्वमा हजारौं नागरीकको ज्यान गइसकेको र लाखौलाख मान्छेहरु संक्रमित भएका छन्। यो परिस्थितीमा नेपाल संक्रमितको संख्या ५ जना मात्र सिमित राख्नसक्नु र परिक्षणका निम्ति अहिलेसम्म पठाइएका सत प्रतिशतको रिर्पोट नेगेटिभ आएको सुखद खबरले आम नागरीकमा बाँच्ने आत्मविश्वास बढेको छ। तर, सकारात्मक विषयहरु सानो स्वरले भनिने र नकारात्मक विषहरु मात्र ठूलो स्वरले प्रचारप्रसार भइरहेकका छन्। हिजोआज केही ठूला साना मिडियादेखि सामाजिक संजालहरु हेर्दा लाग्छ, गलत विषयमात्र समाचार हो भन्ने मान्यता जबरजस्त स्थापित गर्न खोजिएको भान हुन्छ ।

वर्तमान समय मानवजातीका निम्ति संकटको समय हो। यो समय अन्य समय जस्तो सामान्य समयका रुपमा लिनु हुँदैन। यतिबेला धनि, गरिब, विद्धवान, निरक्षर, ब्यपारी र किसान जुनसुकै भए पनि सबको आँखामा आँसु र मनमा चिन्ताले डेरा जमाउदैछ। कोभिड १९ को उपचार भनेकै हौसला, आत्मविश्वास र इच्छाशक्ति हो भन्ने कुरा भनि रहदा यि विषय आम नागरीक तहमा पर्याउने कुरा किन कन्जुसाई भइरहेको छ ? निश्चय पनि यो समय एक नागरीकले अर्को नागरीकलाई हर्दयदेखि सकेको सहयोग गर्ने परिवेश हो। जुन कुराले सिंगो समाजलाई सकारात्म प्रभाव पार्छ। ति विषय नै हिजोआजका प्रचारका सामाग्री बनाइनु पर्छन। जसले आम नागरीकमा आफू बाँच्ने र अरुलाई बचाउँने भाव र इच्छाशक्ति पैदा हुनेछ।

विषय बदलियो राजनीति चिन्तन बदलिएन

श्रीमद्भगवद गीतामा कृष्णले अर्जुनलाई उपदेश दिदै भनेका छन्, ‘यो जगतमा मानव धर्मभन्दा अर्को कुनै धर्म छैन। मानव धर्म नै अन्तिम सत्य हो। संसारमा प्राणी अनेक भए पनि आत्म त एउटै हो। यो भेद जान्ने त्यो आत्मा ज्ञानी हो र लिप्त भने त्यो कहिल्यै हुन्न चेतना छर्ने हो।’ वास्तवमा मानव धर्मभन्दा यो जगतमा कुनै अर्को धर्म छैन र मानव मान्छेको चेलामा जहासुकै जन्मेपनि उसको आत्म एउटै हो। मानवमा सेवाको भाव भएन भने त्यो नै दानव हो। माया, मोह, स्नेह र करुणाको भाव नभएको मान्छेबाट समाज सेवाको कल्पना गर्न सकिदैन जुन कुराको परिक्षण समाजमा आपत विपत परेको बेला त्यसको समाजले मुल्याकंन गर्ने अवसर प्राप्त गर्छ। समाज भनेकै नागरिक र नागरिकबीचमा हुने औपचारीक र अनौपचारीक सम्बन्धको संयोजनबाट निमार्ण भएको हुन्छ। जसलाई संविद्यान, कानून र शासनले मात्र सञ्चालन गरेको हुँदैन, ति त समाज ब्यवस्थापनका अवयव मात्र हुन्। समाज त मान्छे र मान्छेका सम्बन्धले चलेको हुन्छ। जहाँ माया, स्नेह, सदभावसहित एकअर्काबीच प्रतिस्पर्दा हुन्छ। तर, वर्तमान समय पतिस्पर्दाको नभई परस्पर सहयोग र सदभावको हो। अहिल्यै कुनै विचारधार वा दशर्नमा मतविभाज गरी समाजलाई आफ्नो पक्षमा वा विपक्षमा जनमत तयार गर्ने खालको राजनीति गर्ने समय यो कदापि होइन। समस्त मानवजाति माथि प्रहार गरी राखेको नोवल कोरोनालाई नेपालबाट परास्त गर्न सबै दलहरुले अहिले दलिय राजनीतिभन्दा माथि उठी मानविय राजनीति गर्न आजको आवश्यक्ता हो। हिजोका कुरा कोट्याएर वर्तमानलाई अप्ठेरो पार्ने खालका गतिविधिहरुले आजको महामारीलाई पार लगाउन सकिदैन ।

सतर्कतासहितको प्रतिबद्धता

कोभिड-१९ नामक महामारीको प्रकोपबाट नागरीकलाई सुरक्षित राख्न नेपाल सरकारले गरिरहेको सबै प्रयासहरुले तवमात्र सार्थकता पाउने छन्। जतिबेला नेपालले यो महामारी पुर्णरुपमा नियन्त्रर्ण गर्न सक्षम हुनेछ। यो महामारीका कारण कुनै नेपालीले ज्यान गुमाउनु पर्ने छैन। तर, के यो सम्भव छ त? विश्वमा कोरोनाले ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लगि सकेको छ। दिन प्रतिदिन ज्यान गुमाउनेको सख्या बढिरहेको अवस्थमा के नेपाललाई कोभिड-१९ बाट बचाउन सकिन्छ त? वास्तवमै नेपाल थोरै करिब पौने तिन करोड मात्र जनसंख्या भएको देश हो। जहाँ संघीय शासन ब्यवस्थाका कारण सेवा दिने प्रशासनिक संमयन्त्रहरु पनि र्पयाप्त छन्। सबै तहहरुमा जनप्रतिनिधिहरुको उपस्थिति छ। भएको सेवा सुविधा स्थानीय तहले चाह्यो भने केही समयमा जनतालाई प्रदान गर्न सक्छन्। अहिलेको समय आफु बाँच्ने र अरुलाई बचाउने हो भन्ने दृढ संकल्पका साथ जनसेवामा सर्मपित हुने हो भने नेपाललाई मानविय क्षति हुनबाट जोगाउन सकिन्छ। त्यसका निम्ति ब्यक्तिगत सतर्कता र सबै नागरीकतहबीच सामूहिक प्रतिवद्धताको आवश्यक छ।

स्थानीय सरकारका निम्ति अवसर

कोरना महामारीविरुद्ध विश्व लडिरहेको छ। नेपालले पनि आफ्नो क्षमताअनुसार लड्न बाहेक अर्को कुनै विकल्प छैन। संघीय ब्यवस्थाले स्थानीय तहलाई चाहिने जतिशक्ति प्रत्यायोजन गरेको छ। विगत जस्तो अहिले स्थानीय तहहरुले स्रोत साधनका निम्ति कसैको मुख ताकेर बस्नुपर्ने अवस्था छैन। जनताको आवश्यकता अनुसार स्थानीय सरकारहरुले कामगर्न सक्छन्। आफ्नो परिभाषित भुगोलभित्रका नागरिकहरुको स्वास्थ्य, खानपान र दैनिकिको मिहिन रेखदेख गर्न कुनै अप्ठेरो छैन। शहर बजारका स्थानीय तहहरु बाहेक पहाड र हिमालका स्थानीय तहहरुले बाहिरको आवत जावतबाट हुने खतराको ख्याल गर्दै यो लकडाउनको समयमा पनि वडाको प्रत्यक्ष निगरानिमा रोजगार मुलक काम सिर्जना गरी गरिब विपन्न नागरीकहरुको दैनिकी सहज गर्न सकिन्छ। कोभिड १९ मानवजातिका निम्ति ठूलो चौनौति हो। स्वभाविक छ, जहाँ चुनौतिका चाकहरु हुन्छन्, त्यँहा अवसरहरु पनि त्यतिकै हुन्छन्। स्थानीय तहहरुले मन, बचन र कर्मदेखि नागरीकको सेवामा सर्मपित हुँदै नागरिकलाई यो महामारीबाट बचाउन सके स्थानीय सरकारको र अहिले नेतृत्वमा रहेका सबै स्थायित्व हुनेछन्। त्यसैले कोरोना चुनौति मात्र होइन, कामगरी परिणाम देखाउने अवसर पनि हो।