‘कोरोनाको सम्भावित जोखिमविरुद्ध सरकार र जनता एकसाथ अगाडि बढ्नुपर्छ’



कालिकोट। नेपाली कांग्रेस राष्कोट नगरपालिका समितिका सदस्य तथा तरुणदल नगरसमितिका संयोजक सुरेश शाही ‘सेरसिङ’ ले कोरोना भाइरस (कोभिड-१९) का विरुद्ध एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा उनले राष्कोट नगरपालिका र वडापालिकाहरुमा प्रतिपक्षिदल नेपाली कांग्रेसको सम्पूर्ण साथ सहयोग रहने बताउँदै स्थानीय सरकारलाई कोरोनाको जोखिमलाई न्युनिकरण गर्न गम्भीरताका साथ लाग्न अनुरोध गरेका छन्।

कोरोना भाइरस मान्छेबाट मान्छेलाई सर्ने भएका कारण यसबाट बच्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँगै विश्व स्वास्थ्य संगठनले अपनाउनका लागि दिएका उपाएहरुको अक्षरस पालना गर्न नगरिबासीलाई आग्रह गरेका छन्।

कोभिड-१९ बाट यो समाचार तयार गर्दासम्म नेपालमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ। त्यस्तै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ हजार नाघेको छ भने १० लाखभन्दा बढी कोरोनाबाट संक्रमित बनेका छन्।