बर्दियाली युवा समूहद्वारा राहत वितरण



काठमाडौँ। संघीय राजधानी काठमाडौँका विभिन्न स्थानहरुमा लकडाउनका कारण खान नपाएका मजदुरलाई बर्दीयाली युवा समूहले शुक्रबार राहत वितरण गरेको छ।

हरिशदेव गौतमको अगुवाइमा काठमाडौँको लाजिम्पाट, सोह्रखुट्टे, महाराजगन्ज, सुकेधारा, अस्कल कलेजको पछाडिसँगै विभिन्न ठाँउमा पुगेर राहत वितरण गरेको हो ।

समूहले एक सय मजदुरलाई २० किलो चामल, दाल, तेल, मरमसलासहितको प्याकेज बाँडेको हो। त्यसैगरी युवा समाजसेवी तथा उद्यमी हरिशदेव गौतमको टोलीले संकटको समयमा बर्दियाबाट काठमाडौँमा आएर मजदुरी ज्याला मजदुरी गर्ने करिब १०० श्रमिकलाई राहत वितरण गरेको हो।

उपत्यकाका विभिन्न तीन स्थानमा उक्त राहत वितरण गरिएको हो। ठमेलमा ७८ जना, महराजगंजमा १२ जना र कपनमा १० जनालाई सोही स्थानमा पुगेर आवश्यक खाद्यान्नसमेत वितरण गरेका छन्। ठमेलको राहत वितरण कार्यमा गाहिटी युथ क्लबले समन्वयनकारी भूमिका निर्वाह गरेको थियो।

बर्दिया पनि राहत वितरण

त्यस्तै थापा स्वास्थ्य क्लिनिकका सञ्चाल रमेशबहादुर थापा र ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को सयुक्त सहकार्यमा बिपन्न परिवारलाई राहत वितरण गरिएको छ।

थापा स्वास्थ्य क्लिनिकका तर्फबाट २५ परिवार र वडाकार्यालयको तर्फबाट २० परिवारलाई दाल, चामल, साबुन, तरकारी वितरण गरिएको बताइएको छ।