सरकारले कोरोना भाइरसको जोखिमलाई गम्भीरताका साथ लिनुपर्छ: सांसद नेपाली



काठमाडौँ। नेपाली कांग्रेसकी नेता तथा वागमती प्रदेशकी सांसद कल्पना नेपालीले कोरोना भाइरसको जोखिमलाई गम्भीरताका साथ लिन सरकारलाई सुझाव दिएकी छन्।

कर्णाली सन्देशसँगको कुराकानीमा सांसद नेपालीले पछिल्लो समय सरकारका कामकारबाहीका बारेमा विभिन्न प्रश्न उठेकाले आफू आलोचनात्मक रुपमा प्रस्तुत भएको जानकारी दिइन।

उनले भनिन्, ‘यो संकटको बेला हो। आलोचना गर्ने बेला होईन। हेरक नागरिकले सरकारलाई यस्तो बेलामा साथ दिनुपर्छ। सरकार नागरिकहरुको अभिभावक हो। तर, यति हुँदाहुँदै पनि सरकारका कामकारबाहीमाथि प्रश्न उठि रहँदा एउटा जनप्रतिनिधिका नाताले महामारीको बेलामा स्वास्थ्य सामग्री खरिदमा गरिएको कमिशनको खेलले सरकारको चरित्रलाई उधाङ्गो पारेको कुरालाई लुकाउन मिल्दैन।’

उनले अगाडि भनिन्, ‘संघीय सरकार र प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्नुपर्छ। कोरोनोको सम्भावित जोखिमलाई दृष्टिगत गरेर आवश्यक तयारीलाई तीव्र पार्नुपर्छ। सामाजिक रुपमा सञ्चार माध्ययमले उठाएका प्रश्नहरुको उचित र तथ्यगत जवाफ दिनुपर्छ। महामारीमा मालामाल बन्ने तत्वहरुदेखि सरकार सचेत भएर कोरोना रोकथाममा केन्द्रीत हुनुपर्छ। जोसुकै मन्त्रीले गल्ति गरेका छन् भने आवश्यक कारबाही गर्नुपर्छ। खरिद गरिएका सामग्रीहरु परिक्षण गर्न योग्य नभएको कुराहरु आइराखेका छन्। यसले हाम्रो मुलुकलाई आजको इटाली बनाउन सक्छ। त्यसैले सरकारले यस महामारीलाई चुनौतीका रुपमा लिनुपर्छ।’

साथै उनले वागमती प्रदेश सरकारका कामकारबाहीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र लकडाउनको समयमा प्रदेशका जनतालाई पर्ने गएको असहजतामा सहयोगी बन्न आग्रह गरिन्।

उनले अगाडि भनिन, ‘हामी जनप्रतिधिहरु पनि महामारीमा लकडाउनमा छौं। तर, जनतालाई परेको खण्डमा हामीलाई सम्झिनु होला। हामी सक्दो सहयोग गर्नेछौं। हामी सिंगोदेशका नागरिकलाई परिरहेको दुःखमा सहयोगी बन्न चाहन्छौं। त्यसैमाथि नुवाकोटी जनताका जनप्रतिनिधि भएका कारण झन् नजिक छौं। साथमै छौं भन्ने कुरा जानकारी गराउँदछौं।’

उनले अगाडि भनिन्, ‘लकडाउन हाम्रै लागि हो। कोरोना मान्छेबाट मान्छेलाई सर्ने सरुवा रोग भएका कराण यसका बच्न सरकार, सञ्चारमाध्यय र विश्व स्वास्थ्य संगठनले तय गरेका र अपनाइएका उपाएहरुलाई हामीले प्रयोग गर्नुपर्छ। लकडाउनले यसले गरिखाने वर्गलाई प्रभावित तुल्याएको छ। यस्मा प्रदेश सरकारले राहत र सहयोगीको भूमिका खेल्नुपर्छ। महामारी र संकटमा सरकारले जनताको दुःखमा अभिभावकको भूमिका खेल्नबाट कुनै पनि कसर बाँकी राख्नु हुँदैन।’