राष्कोट नपा, नरहरिनाथ र शान्नित्रिवेणी गापामा विभिन्न संघ-सस्थाद्वारा राहत वितरण



हुकुम योगी

कालिकोट। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा प्लान ईन्टरनेश्नल र सादा नेपालसहितका संस्थाले राहत वितरण गरेका छन्।

लकडाउनको समयमा स्थानीय सरकारले कोरोनाको सम्भावित जोखिमलाई न्यूनिकरण गर्नका लागि देखाएको सक्रियतालाई थप मजबुद बनाउने उद्देश्यले प्लान ईन्टरनेश्नल र सादा नेपालसहितका संस्थाहरुले सहयोग गरेका हुन्।

सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) र हुरुन्डेक नेपालको पहलमा पालिका र दातृ निकाय प्लान नेपालसँगको समन्वय र सहजिकरणमा जिल्लाका ३ वटा स्थानीय तह रास्कोट नगरपालिका, शान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपाालिकामा कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनका लागि चाहिने आबश्यक सामाग्रीहरु वितरण गरेका हुन्।

स्वास्थ्यकर्मीहरुको लागि आवश्यक चेकजाँचमा प्रयोग गर्ने उपकरण सामाग्री वितरण गरिएको सादा नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक योगीले जानकारी दिएका छन्। योगीले पालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको खटान निकै सह्रानीय र प्रशंशनिय रहेको बताए।

लोकतान्त्रिक गैसस महासंघका केन्द्रीय उपाध्यक्ष र राष्ट्रिय मातृ तथा बाल स्वास्थ्य संजालका केन्द्रीय अध्यक्षसमेत रहेका योगीले कालिकोटलगायत कर्नाली प्रदेशमा कार्यरत सबै अन्तर्राष्ट्रिय गैसस र स्थानीय गैससलाई सहयोग गर्न अपिल गरिएको बताए।

प्लानको कार्यक्षेत्र भएको कालिकोटको तीन वटै पालिकामा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १५ सेट, पन्जा ३ बक्स, गाउन ७५ पीस, कम्बल १८० पीस पीफर्म १८० पीस रास्कोट नगरपालिकाका मेयर उपमेयर, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष उपाध्यक्षलगायत स्वास्थकर्मी र साझेदार संस्थाका प्रतिनिधीको रोहबरमा स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको अध्यक्ष योगीको भनाइ छ।

त्यस्तै प्लान ईनटरनेशनलका क्षेत्रीय प्रबन्धक मिना पराजुलीले ईमरजेन्सीमा आवश्यकता पहिचानका आधारमा कार्य क्षेत्रका पालिका सरकारको प्राथमिकता र स्थानीय साझेदारको समन्वयमा काम गरिने बताएकी छन्।

स्थानीय तहमा सम्भावित संक्रमण रोक्न जिल्ला बाहिर र बिदेशबाट फर्किएकालाई पालिकातहमा तत्काल चेकजाँचका लागि क्वारेन्टाइन केन्द्र निर्माण गरि रोकथामको उपाय अपनाइएको छ।

सञ्चार माध्याम अनलाइन, स्थानीय एफएमहरु र सेवामुलक संघसंस्थाहरुले पनि आ-आफ्ना तर्फबाट सकिने सहयोग जारि राखेका छन्।
कालिकोट जिल्लाका ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकाहरुले आ-आफ्नो पालिकामा स्थानिय श्रोत साधनका आधारमा सक्ने सहयोग र रोकथाम गर्ने अभियानलाई जारी राखेका छन्। कालिकोटका ९ वटा पालिकामा स्थानिय सरकारको पहलमा यो समाचार तयार पार्दा सम्म ६५९ क्वारेन्टाइन निर्माण भएको जानकारी प्राप्त भएको छ। कालिकोट जिल्लामा ७६ जना पुरुस र २ जना महिला गरि ७८ जना क्वारेन्टाइनमा बसेका छन्। सञ्चार माध्यामले प्रचार प्रसार गर्ने गाउँगाउँमा पम्पलेट बाँड्ने र माईकिंग गरि प्रचार प्रसार गर्ने अभियान जारी छ।

रातह वितरण कार्यक्रममा रास्कोट नगरपालिकाका नगरप्रमुख काशिचन्द्र बरालले कोरोना भाइरस रोकथामका लागि प्लान इन्टरनेश्नल नेपाल, सादा नेपाल र हुरुन्डेक नेपालले गरेको सहयोगले कोरोना भाईरस रोकथामका लागि नगरपालिकालाई थप हौसला मिलेको बताए। नगरले ५० लाखको कोष स्थापना गरि रोकथामका लागि आफ्ना क्रियाकलापहरु सञ्चालन गरेको छ।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले राहत सामाग्री प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका थिए। नरहरीनाथ गापामा भारत तथा अन्य देशबाट आउने नागरिकहरुबाट कोरोनाको जोखिम बढेको र गाउँपालिकाका विभिन्न ठाउँमा क्वारेन्टाइन स्थापना गरेको जानकारी दिएका छन्।

त्यसैगरी शान्नि त्रिबेणी गाउँपालिकाकी उपाध्यक्ष होईजा बुढाले उक्त राहतले पालिकाका जनप्रतिनिधीलाई उत्साहित बनाएको बताइन। थप सहयोगको अपेक्षा गरिएको बताउनु भयो।

यी ३ वटा पालिका बाहेक जिल्लाका खाँडाचक्र नगरपालिकाका, पलाता गाउँपालिका र पचालझरना गाउपालिकाका जनप्रतिनिधि तथा स्वास्थकर्मीहरु कोरोनाको सम्भावित जोखिमलाई न्युनिकरण गर्नेमा लागि परेका छन्।

रातह वितरणका लागि सहजिकरण कार्यमा रास्कोट नगरपालिकामा सादा नेपालका सुरपरभाईजर टिका शाही, नरहरिनाथ गाउँपालिकामा हुरेन्डेकका उपाध्यक्ष वीरेन्द्रबहादुर बुढा र सादा नेपालका सुपरभाईजर गोबिन्द नेपालीले उपस्थित थिए।