“तत्काल उद्दार गर्नुपर्छ, नत्र दोस्रोबाटो प्रयोग गर्ने सम्भावना हुन्छ”



काठमाडौँ। प्रतिनिधि सभा सांसद बिमला बिकले सीमासम्म आएका नेपालीहरुको उद्धार गरेर उनीहरुलाई क्वारेन्टाइनमा राख्न सरकारलाई सुुुझाव दिएकी छन्।

बिहीबार नेकपाकी बर्दीयाली सांसद बिकले उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कोरोना रोकथाम तथा उच्च स्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरलाई उक्त अनुरोध गरेकी हुन्।

उनले सीमाका मुल नाकाबाट आधिकारिक रुपमा नेपाल प्रवेश नपाए दोस्रो बोटोबाटो भएर लुकिछिपी नेपाल प्रवेश हुनसक्ने सम्भावना रहेको भन्दै सरकारलाई बेलैमा सचेत बन्न सुझाव दिएकी छन्।

उनले बिहीबार सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘विश्व महामारिमा तिनै गरिब सर्वहारा जनता भारत र नेपालको नाकामा आएर अलपत्र परिरहेका छन्। कयौं दिनदेखि भोकै तड्पिरहेको अवस्थामा मैले यो पत्र लेखेको अनुरोध गर्न चाहन्छु।

उनले अगाडि लेखेकी छन्, ‘आशा छ जसरी चीनमा रहेका विद्यार्थीहरुलाई सरकारले सकुसल ल्याएर अभिभावकत्व निभाएको थियो। त्यसरी नै नाकामा रहेका ति नेपाली जनतालाई पनि सकुसल नेपाल ल्याएर अभिभावकत्व निभाउने छ।’