‘कोरोनाविरुद्धको युद्ध जित्न वैचारिक र सांगठनिक एकता आवश्यक’



तिर्सना हमाल

यतिखेर कोरोना भाइरस (कोभिड-१९) को महामारीले विश्व आक्रान्त भइरहेको छ। जुन भाइरसबाट यो सामग्री तयार गर्दाको समयसम्म करिब ५० हजार हजार मानिसले ज्यान गुमाइसकेका छन्। लाखौ मानिस संक्रमति छन्। नेपालमा अहिलेसम्म ६ जनामा कोरोना पोजेटिभ देखिएको छ।यस्तो गम्भीर परिस्थितिमा यस महामारीको सम्भावित जोखिम र खतराटार्नको लागि सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने स्थिति छ। तर, विडम्बना ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर’ भनेझैं स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागले स्वास्थ्य सामग्री सम्बन्धी गरेको निर्णयलाई लिएर हाम्रो संगठन अनेरास्ववियूका साथीहरु सामाजिक संजालमार्फत जुहारी खेलीरहेका छन्। जुन कुरा नाजायज त होईन।  तर, समयसापेक्ष भने छैन।

नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकारले कोरोना भाईरसबाट नेपाली जनतालाई बचाउन सकरात्मक गतिविधि गरिरहेकै छ। महामारीको बेला हतारमा निर्णय गर्दा अन्जानमा केही कमिकमजोरी भएका हुन सक्छन्। यस्तो विसम परिस्थितिमा भ्रष्टाचार गर्नुपर्छ भन्ने मेरो मनसाय कदापी होईन। तर, तिललाई पहाड बनाउने नेपाली समाजवबाट हामी पनि अछुत रहन सकेनौं। कोही साथीहरु हाम्रा मन्त्रिका अत्यन्तै प्रिय मित्र सहोदर भाई बहिनी भतिजा भतिजी आलुलाई उखेरा लगाए जस्तै लगाई रहनु पर्ने। कोही साथीहरु अत्यन्तै वर्गीय दुष्मन जस्तै छाला निकाल्नै पर्ने जस्तो गरिरहेका छौँ।

यस्ता गतिविधिले पार्टीलाई कदापी फाईदा गर्दैन। यहाँ त हामी अट्कल पण्डीत भएर पण्डिती गरिरहेका छौं। पण्डितनै भईरहेका छौं। हलानोले यती खायो, फलानोले यती खायो। बर्वात पारेनी भन्दै कुर्ली रहन्छौं। भ्रष्टाचार वा अनैतिक क्रियाक्रलाप गर्ने व्यक्तिलाई कार्वाही गर्ने पार्टी अनि सरकारी निकाय छ। तर, कतै हामी हाम्रो हैसियतभन्दा बढी बोली र लेखीरहेका त छैनौं ? सबैले हेक्का राख्नु पर्नेहुन्छ। यो समयमा सारा पार्टी पंत्ति र सरकार लागेर कोरोना जस्तो महामारीबाट जनतालाई बचाउन र उत्साह जोगाउनु हाम्रो कर्तव्य हो। आपसमा बाझाबाझ गर्ने बेला यो होईन।

साथीहरु हामीले सहिलाई सहि र गलतलाई गलत भन्नु सक्नु्पर्छ। विभिन्न पदमा रहेर पदको दुरुपयोग गर्ने हाम्रा पार्टीका जो कोही व्यक्तिलाई दण्डीत गर्नेंपर्छ। यसमा कसैको फरकमत हुनु हुँदैन। यिनीहरुको मुल्यांकन आम निर्वाचनमा जनता र महा अधिवेशनमा कार्यकर्ताहरुले गरि हाल्छन्।

माजिक संजाललाई दुरुपयोग गर्दै ओकाल्नुको कुनै अर्थ छैन्। हामी विद्यार्थी सचेत वर्ग हौं। हामीले आवज उठाउनु पर्छ। त्यसैमा हामी कम्युनिष्ट पार्टी जस्तो पार्टीका सदस्य पनि हौं। आवाज उठाउने र आलोचना गर्ने शैली र अनुशासन हुनैपर्छ। त्यसैले यो बेला सब एक भएर कोरोनाका विरुद्ध युद्ध स्तरमा काम गर्ने बेला हो। न कि वादविवाद गरेर समय बर्वात गर्ने काम हाम्रा लागि घातक सावित हुन्छ। राष्ट्र, जनता र पार्टीलाई नै धोका र चुनौती दिदै भ्रष्टाचार जस्तो घृणित कार्यलाई कसैले स्विकार्न सक्दैन। त्यसको सबैले विरोध गर्नेपर्छ। पार्टी एकता भएको लामो समय भैसक्यो यो वा त्यो नाममा आरोप प्रत्यारोप गर्नु कत्तिको जायज छ? राजनीति गर्ने अबको युवा पुस्ताले सत्य, असत्य, न्याय, अन्याय, सहि र खराबलाई राम्रोसँग औंल्याएर अघि बढ्ने साहस गर्नैपर्छ।

अन्यथा राजनीतिको मैदान खाली गरेर अन्य पेशा व्यवसायमा लागे हुन्छ। हामीहरु आफ्नै नेता कार्यकर्ताको आरोप प्रत्यारोपमा लाग्दा देश अनि पार्टी र नेता कार्यकर्ताको साख नै हराएर जान सक्छ। यसमा हेक्का राख्नैपर्छ। पार्टीभित्र सबैको आ-आफ्नो समान अस्तित्व छ। कामगर्दा भएका कमजोरीलाई ढाकछोप होईन, सच्याउने हिम्मत गर्नुपर्छ। यो महासंकटको भेललाई पार गर्न विचारले विभाजित भएर होइन भावनात्मक र वैचारिक सम्बन्धलाई अझ मजबुत पार्दै एकताको अनुकरणीय उदाहरण प्रस्तुत गर्ने समय हो।

इतिहासमा यो संकटलाई पार गर्न नेपालको गौरवशाली पार्टी नेकपा र उसले नेतृत्व गरेको सरकार, नेता कार्यकर्ताले कस्तो भुमिका निर्वाह गरेका थिए ? भन्ने कुरा भावी पुस्तालाई अध्ययन र चासोको विषय बनोस्बि। विचारमा बिभाजित भएर होइन भाबनात्मक सम्बन्धलाई मजवुत बनाउनु आजको आवश्यकता हो। साभार:- एप्पल अबरबाट

(लेखक हमाल अनेरास्ववियूकी केन्द्रीय सदस्य हुन्)