सत्ताको चरित्र बद्लिएन, समृद्धिको पहिलो शर्त पारदर्शीता हो: नेता सिंह


काठमाडौँ। पछिल्लो समय चीनबाट कोरोना नियन्त्रण, रोकथाम तथा परिक्षणलगायतका सामग्रीमा ठूलो कमिसन खेल भएको भन्दै सरकारको चर्को आलोचना भए।

अन्ततः बुधबार सरकारले एक नीजि कम्पनिसँग गरेको सम्झौता खारेज गरेको घोषणा गर्यो। मुल्यभन्दा दशौगुणा महंगोमा खरिद गरिएको सामग्री प्रयोग गर्न योग्य नभएपछि चौतर्फि विरोध भएको थियो।

यसैक्रममा अनेरास्ववियूकी नेता पञ्चा सिंहले सरकारका काम कारबाहीमाथि प्रश्न खडा गरेकी छन्। उनले जनता समृद्ध नेपालको पक्षमा रहेको भन्दै सरकार संस्थागत भ्रष्टचारमा लिप्त रहेको आरोप लगाएकी छन्।

बिहीबार सामाजिक सञ्चाल फेशबुक मार्फत नेता सिंहले जनताको स्तर, सूचना तथा प्रविधिको चरम विसका भइसक्दा पनि सरकारी चरित्र बदलिन नसकेकोमा आश्चार्य प्रकट गरेकी छन्। उनले जनता समृद्ध नेपालको पक्षमा रहेको भन्दै लेखेकी छन्, ‘समृद्धिको पहिलो शर्त हो, सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शुन्य सहनशीलता।’

उनले अगाडि लेखेकी छन्, ‘कुनै समय थियो विकास योजना र जनता राहतका कार्यक्रमहरु राजा, महाराजा ,प्रधानपञ्च र मुखियाहरुको निगाह ठानिन्थ्यो र बकस बापत भेटि दिइ्न्थ्यो। सम्भ्रान्त वर्ग झन् सम्भ्रान्त हुँदै गयो। समय संगै शासनको रुप बदलियो संसदीय व्यवस्थामा भ्रष्टाचारको तरिका पनि बदलियो। संसदीय ब्यवस्थाका केही मुट्ठिभर मसियाहरु केही बकस वापत भेटि होइन बकसमै आफूलाई चाहिने जति हिस्सा छुट्यारएर काम गर्न थाले जसलाई अहिले जनताले संस्थागत भ्रष्टाचार भनेर बुझ्न थालेका छन्। यस्तो संस्थागत भ्रष्टाचार बुझ्न जनतालाई केही समय लाग्यो। जनताको अशिक्षा र गरिबी माथि केही ट्रेडमार्कवालाहरुले मार्केट पाए र केही मसियाहरु गज्जवले मोटाए।’

वर्तमान सत्ताको चरित्रले भ्रम छर्ने र राज गर्ने बाटो अनाएको भन्दै नेता सिंहले चर्को विरोध गरेकी छन्। उनले लेखेकी छन्, ‘आज परिस्थिति बदलियो बिज्ञान र प्रबिधिले चमत्कारिक बिकास गर्यो जनता जाग्यो झन् सुसूचित बन्यो। तर, आज फेरि पनि शासकीय प्रणालीको मुल चरित्रले खोजिरहेको छ कि भ्रम छर र राज गर, लुट र मोज गर। जनता चाहन्छन् सुशासन र पारदर्सिता भ्रष्टाचारमा शुन्य सहनशीलता सहितको समृद्ध नेपाल। यो अन्तरबिरोध रहुन्जेल सम्म लाज पनि लजाउने गरी काण्ड माथि काण्डै काण्डले थलिरहनेछ मेरो देश।’