अमेरिकामा दुई लाखभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो


काठमाडौँ। अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ।

वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ। कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन्।

प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ। यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए। कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ।
एजेन्सी