काठमाडौँ। इटलीमा अहिलेसम्म १२ हजार ४ सय २८ को मृत्यु भइसकेको छ। यहाँ कूल १ लाख ५ हजार ७ सय ९२ संक्रमितको पुष्टि भइसकेको छ जसमध्ये ४ हजार २३ जनाको स्थिती नाजुक छ।
इटलीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सिलसिला रोकिएको छैन। स्थिती दिनप्रति दिन भयावह हुँदैछ। अझ, कोरोनाभाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको मृत्यु हुँदा यहाँको स्थिती थप चिन्ताजनक बन्दै गइरहेको छ।
इटलीको स्वास्थ्य एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार यहाँ अहिलेसम्म ६६ जना डाक्टरको मृत्यु भइसकेको छ। केही दिनअघि यो आँकडा ४३ बताइएको थियो। यहाँ कूल ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। एजेन्सी