काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता जनार्दन शर्माले विश्व माहामारीका रुपमा फैलिएको (कोभिड-१९) ले धेरै नयाँ चुनौती सिर्जना गरेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेशबुक मार्फत पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले उक्त कुरा बताएका हुन्। कोरोनाले सबैभन्दा बढी श्रमीक वर्गहरुलाई असल गरेको बताउदै उनले लेखेका छन्, ‘कोरोना महामारीले धेरै नयाँ चुनौतीहरु खडा गरेको छ। त्यस मध्य एउटा गम्भीर परिस्थिति पैदा भयो श्रमिकहरु बारे। उनीहरू कारखाना या कार्यक्षेत्रबाट हटाइन्छन। काम गर्ने देशबाट बेवास्ता गरिन्छ।’
लाखौ नेपाली श्रमीकहरु विश्वका विभिन्न देशमा पुगेको कुरालाई ईंगित गर्दै उनले अगाडि लेखेका छन्, ‘उनीहरू जन्मेको देशलेसमेत तिनीहरुको रोदन सुन्दैन। भन्नुहोस् श्रमिकहरुले अभिभावक कहाँ खोज्ने ?’
श्रमीकहरुका आवाव र अवस्थाका बारेमा सरकारले उचित सोधि खोजि नगरेको नेता शर्माको आरोप छ। विश्वका अन्यदेशले कोरोनाको उच्च जोखिमका रुपमा हेरिएको हाम्रो देशबाट आफ्ना नागरिकलाई आफ्नो देशमा लिइरहेका छन्।
तर, हाम्रो सरकारले विश्वमा रहेका नेपाली श्रमीकको अवस्था र उच्चशिक्षा हासिलका लागि विदेशमा रहेका नेपालीका बारेमा कुनै पनि कार्यक्रम ल्याएको छैन। स्मरणरहोस् तिनै श्रमीक नेपालीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको थियो। नेपाल सरकारले तत्तकाल विदेशमा रहेका आफ्ना नागरिकका बारेमा उचित कार्यक्रम ल्याओस्।