काठमाडौँ। विश्व माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का विरुद्ध चार ‘आर’ को प्रयोग व्यापक बन्दै गएको छ।
सामाजिक अभियन्ता नरबहादुर कार्कीको प्रस्तावमा अगाडि सारिएको कोरोनाविरुद्ध चार ‘आर’ को अभियान पछिल्लो समय व्यापक बन्दै गएको हो। कर्णाली प्रदेशको प्रदेश राजधानी सुर्खेत र आसपासका जिल्लाहरु, त्यस्तै पूर्वको उदपुर, गोरखा, रौतहट, काठमाडौँलगायत जिल्लामा यस अभियानले सार्थकता प्राप्त गरिसकेको छ।
यो समाचार तयार गर्दाको समयमा विश्वमा ३५ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। त्यस्तै कोरोनाबाट सात लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन्। हालै नेपाल सरकारले कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्युनीकरण गर्न दुई हप्ते लकडाउन घोषणा गरेको अवस्था छ।
अभियन्ता कार्कीले सरकारको लकडाउनले मात्रै कोरोनाविरुद्धको अभियान सफल नहुने भन्दै उक्त अभियान अघि सारेको बताउछन्। हाल नेपालमा चैत ४ गतेपछि विदेशबाट स्वदेश फर्किएका पाँच जनामा कोरोना संक्रमण देखिएको छ। उक्त संक्रमणलाई दृष्टिगत गर्दै सरकारले आइतबार मात्रै थप ८ दिनको लागि लकडाउन घोषणा गरेको छ। यसअवधिमा कोरोना नियन्त्रण हुनेमा कुनै निश्चित छैन। चैत महिनामा कोरोना संक्रमित देशबाट नेपाल आएका नेपाली र अन्य नागरिकमाथि कडाइकासाथ सरकारले चेकजाच नगर्नु नै आजको समस्या सिर्जना भएको जानकारहरुको आरोपछ।
अभियन्ता कार्कीले अघि सारेको अभियान अन्तरगतका चार ‘आर’ को अर्थ र कोरोनाविरुद्धको युद्धमा यस अभियानको सार्थकताका बारे उनी भन्छन्, ‘कोरोना संक्रमित देशबाट आएका नेपाली दाजुभाई तथा दिदीबहीनी गाउँगाउँमा पुग्नु भएको अवस्था छ। ति मध्ये कतिलाई कारोना पोजेटिभ देखिएको पनि छ। त्यसैले सरकारले अघि सारेको लकडाउनले मात्रै हामीले कोरोनाविरुद्धको युद्ध जित्न सक्दैनौं। स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म विभिन्न समूह निर्माण गरेर यसका विरुद्धमा मैदानमा जानुपर्छ।’
खासगरेर कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा उक्त अभियानले सार्थकता प्राप्त गर्ने अभिन्यता कार्कीको अपेक्षा छ। उनी अगाडि भन्छन्, ‘लकडाउनले मात्रै कोरोना रोकथाम हुँदैन। सम्भावित संक्रमणलाई पत्ता लगाउन, पहिचान गर्न, परिक्षणसम्म पुर्याउन, क्वारेन्टाइनलाई व्यवस्थित गर्न र परिवारका सदस्यबीचको दुरि व्यवस्थित गर्न यो अभियान सार्थक बन्छ। स्थानीय सरकारको नेतृत्वमा नेपालभरि नै यो अभियान चलाउन आवश्यक छ।’
कार्कीका अनुसार युनिट एक्सन टिमले ४ आरको काम गर्छ। रेकर्ड, रिकोग्नाइज, रेगुलेट र रिपोर्टको लागि टिम लिडरले आफूसहित पाँच जनाको ‘युनिट एक्सन टिम’ तयार गरेर काम गर्नेछ।
यसरी युनिट एक्सन टिम निमार्ण हुने क्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेत, सिम्ता गाउँपालिका सुर्खेत, भेरी नगरपालिका जाजरकोट, सिमीकोट नगरपालिका गुल्मी, रौतहटको गौर नगपालिका, गोरखाको सिरानचौर, उदयपुरको तिम्चुङबुङ गाउँपालिका, काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका लगायत स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको छ।
कार्कीको प्रस्ताव यस्तो छ
वडा अध्यक्षको अगुवाइमा हरेक वडालाई २०-३० घरको युनिटमा बिभाजन गरौ। हरेक युनिटमा भरपर्दो टिम लिडर घोषणा गरौ। टिम लिडरले आफुसहित पाँच जनाको #युनिट एक्सन टिम बनाऔ।
हरेक Covid-19 #Unit_Action_Team ले
चार #4R को काम गर्छ।
पहिलो R=Record, रेकर्ड:
हरेक घरको हरेक सदस्यको विवरण
(नाम, उमेर, लिङ्ग, कहिलेदेखी
टोलमा बसेको र भर्खरै यात्रा गरेको भए कैफियत)
दोश्रो R=Recognize, रिकग्नाइज:
(पहिचान) सम्भावित लक्षण,जोखिमका परिवार, अन्य आवश्यकता, आपूर्ती (बालबालिका, बुढाबुढी उमेर र गर्भवती तथा बिरामी)
तेश्रो R=Regulate, रेगुलेट:
(परिचालन) लकडाउनको बेलामा भित्र बस्ने, सरसफाइ, जानकारी प्रबाह
र सामाजिक अनुशासन अनुशरण,
सार्वजनिक स्थल (धारा, पसल आदी पालो बनाउने)
चौथो R= Report, रिपोर्ट:
सम्भावित लक्षण देखापरे
तु रिपोर्ट गर्ने, तथ्य रिपोर्ट गर्ने
र प्रेषण गर्ने अनि स्वास्थ्य अवस्था बुझ्ने।
यी चार R को योजना तत्काल लागु गरेर
हामी सम्भावित संक्रमणको
साङ्लो तोडन सक्छौ,
लकडाउनका साथै
यो ब्यबस्था तुरुन्तै मिलाउन
सबै गाउँ तथा नगर सरकारलाई
सबैले अनुरोध गरौ।