“अर्को शैक्षिकसत्रदेखि नीजि शिक्षाका ब्यापारीक सटरमा ताल्चा लगाइन्छ”



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूका सह संयोजक रन्जित तामाङले आगामी शैक्षिक सत्रदेखि नीजि विद्यालयको सटरमा ताल्चा लगाईने चेतावनी दिएका छन्।

आइतबार सरकारले नीजि स्कुललाई एक महिनाको फिस नलिन निर्देशन दिएको थियो। उक्त निर्देशनको जवाफमा सोमबार विभिन्न सर्त राखेर प्याब्सनले नीजी विद्यालयलाई सरकारले समेत हेर्नुपर्ने माग गरेको छ।

(कोभिड-19) बाट मुलुक आर्थिक मन्दीमा परेकोबेला नीजी स्कुलका संचालकहरुले सरकारको निर्देशनलाई पालना गर्नुपर्ने नेता तामाङको माग छ।

उनले सामाजिक सन्जाल फेशबुकमा लेखेका छन्, “राज्यलाई संकट समस्या परेको बेलामा सहयोग पुर्याउनको सट्टा सरकारको निर्देशनकाे विरोधमा निजी शिक्षाका ब्यापारीहरुले एक महिनाकाे शुल्क असुल्ने निर्णय गरे आगामी शैक्षिक सत्रबाट शिक्षाका व्यापारीहरूको सटरमा ताला वन्दी गरिनेछ ! चेतना भया।”