यो बिपतको समय हो, आलोचना गर्ने समय होईन: मेघराज शाही



काठमाडौँ। राष्ट्रिय युवा संघका नेता मेघराज शाहीले माहामारीका रुपमा फैलिएको कोरोनाका विरुद्धको लडाई जित्न सरकार र जनता एक ठाउँमा उभिनु पर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्व माहामारीका रूपमा फैलिएको (कोभिड १९) का विरुद्धको युद्ध जित्न सरकार र नेपाली जनताबीच समन्वय र एकता हुनुपर्छ। यो बेला एक अर्काको आलोचना गर्ने समस्य होइन। दृढ इच्छाशक्तिका साथ यस माहामारीको सम्भावित जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ? भन्ने तर्फ लाग्नुपर्छ।’

व्यवसायी समेत रहेका शाहीले अगाडि लेखेका छन्, ‘सरकारले जारी गरेको लकडाउनको पालना गरौं। जनतालाई परेका समस्यामा सरकार कर्तव्य बिमुख हुन मिल्दैन। तसर्थ यस्तो आपत बिपतको समयमा सरकारले मात्र एक्लै केही गर्न सक्दैन। जो जसले आफ्नो तर्फबाट गर्नसक्ने नैतिक र भौतिक रुपमा साथ दिऔँ।

कोरोनाका कारण विश्वमा ३०औँ हजार मानिसले ज्यान गुमाइ सकेका छन्, भने लाखौ संक्रमित बनेका छन्। शाहीले यस्तो बेलामा सरकारका क्रियाकलापहरुलाई लिएर विरोधका लागि विरोध नगर्न आग्रह गरेका छन्।

उनी अगाडि लेख्छन्, ‘सकभर सकिन्छ भने आर्थिक सहयोगसमेत गरेर होस्टेमा हैसे गर्ने बेला आएको छ। जसका कारण संकटमा परेका जनताले र सिङ्गो देश बिजयको सुरुवात भएको देख्न पाइनेछ।त्यसैले यो समय बिरोधका लागि विरोध गरेर समय खेर फाल्ने बेला होईन।’