कोरोना अस्पतालको आइसोलेनमा राखिएका एक जनाको मृत्यु


काठमाडौँ। कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ।

रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवाको आइतबार मृत्यु भएको हो। उनी हालै वैदेशिक रोगजारीपछि संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्किएका थिए भने शुक्रबार उनलाई बुटवलको कोराना अस्पतालको आईसोलेनमा राखिएको थियो।

उनको स्वाव परीक्षणका लागि काठमाडौ पठाइएको भए पनि रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ। काठमाडौंबाट रिपोर्ट आएपछि उनको कोरोना भाइरसका कारणले मृत्‍यु भएको हो वा होइन भन्ने बारे खुल्ने अस्पतालले जनाएको छ।