रोग र भोकका विरुद्ध चारवटा ‘आर’ प्रयोग गरौं



काठमाडौँ। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण मानवजाती इतिहासकै संटकग्रस्त स्थितिमा पुगेको छ। उक्त भाइरसका कारण विश्वमा ज्यान गुमाउनेहरुको संख्या ३० हजार नजिक छ। त्यस्तै लाखौ संक्रमित छन्।

कोरोनाको प्रकोप नेपालमा पनि परेको छ। यो समाचार तयार गर्दाको समयसम्म ५ जना संक्रमित भेटिएका छन्। जसमध्य एक जना निको भएर सामान्य जीवनमा फर्किसकेका छन्। कोरोनाको त्रासले मानिसहरु विगत पाँच दिनदेखि घरबन्दि छन्। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका केही सामान्य स्वास्थ्य उपाएका साथ मानिसहरु बन्दिगृह बनेका छन्।

एकातिर रोगको त्रास र अर्कोतिर भोगको प्यासले मावन समुदाय तड्पिने अवस्था सिर्जना भएको छ। छिमिकी राष्ट्र भारतमा त भोकले मानिसहरु सडकमा आएको स्थिति छ। विश्व ‘लकडाउन’ को अवस्था छ। गन्तव्यमा पुग्न नसकेर आधिबाटोमा अपलत्र परेका मानिसहरु मानसिक रुपमा झन् कमजोर बन्दै जाने विज्ञहरु बताउछन्।

‘बिहान खाए बेलुका के खाउ?’ भन्ने अवस्थाका धेरै मानिसहरु छन्। मजदुरहरुको परिवारको अवस्थाप्रति सरकारले तत्कालै ध्यान दिनुपर्छ। नेपालले मौका पाएकै हो। समय पाएकै छ। प्रसस्त समय र मौका पा्रएर पनि कोरोनाका विरुद्ध कठोर कदम चाल्न सकेन भने हाम्रो दुर्दशा लाग्ने निश्चित छ। भरिया, सुकुम्बासी र अन्य नागरिकले रोग र भोकसँगको लडाइ एकसाथ अगाडि बढाउन सक्दैनन् भन्ने कुरा आज भारतमा भएको मजदुर आन्दोलनले जनाइसकेको छ।

त्यसैले विश्वमा घटेका घटनाहरुबाट नेपाल सरकारले पाठ सिकेर आफ्ना क्रियाकलापहरुलाई प्रभावकारी बनाउन जरुरी भइसकेको छ। पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्था छ। यसले माहामारीको रुप नलिन दिनका लागि नेपाल सरकारले युद्धस्तरमा काम गर्नुको विकल्प छैन। प्रभवकारी काम गर्नसक्ने मानिसहरु मैदानमा आउनुपर्छ।

अर्को महत्वपूर्ण कुरा चीनियाँ मोडलअनुसार हामीले पनि स्थानीय तहमा यसुनिट एक्सन टिम बनाएर यो रोग (कोरोना) र भोकसँग लड्नुको विकल्प छैन। त्यसका लागि सामाजिक अभियन्ता नरबहादुर कार्कीले अघि सारेको उपाएलाई लागू गर्न सकियो भने सम्भावित जोखिमबाट बच्न सकिन्छ।

कार्कीको प्रस्ताव यस्तो छ

वडा अध्यक्षको अगुवाइमा-
हरेक वडालाई
२०-३० घरको युनिटमा बिभाजन गरौ।
हरेक युनिटमा
भरपर्दो टिम लिडर घोषणा गरौ।
टिम लिडरले
आफुसहित पाँच जनाको
#युनिटएक्सन टिम बनाऔ।

हरेक Covid-19 #Unit_Action_Team ले
चार #4R को काम गर्छ।

पहिलो R=Record, रेकर्ड:
हरेक घरको हरेक सदस्यको विवरण
(नाम, उमेर, लिङ्ग, कहिलेदेखी
टोलमा बसेको र भर्खरै यात्रा गरेको भए कैफियत)

दोश्रो R=Recognize, रिकग्नाइज:
(पहिचान) सम्भावित लक्षण,
जोखिमका परिवार, अन्य आवश्यकता, आपूर्ती (बालबालिका, बुढाबुढी उमेर र गर्भवती तथा बिरामी)

तेश्रो R=Regulate, रेगुलेट:
(परिचालन) लकडाउनको बेलामा भित्र बस्ने, सरसफाइ, जानकारी प्रबाह
र सामाजिक अनुशासन अनुशरण,
सार्वजनिक स्थल (धारा, पसल आदी पालो बनाउने)

चौथो R= Report, रिपोर्ट:
सम्भावित लक्षण देखापरे
तु रिपोर्ट गर्ने, तथ्य रिपोर्ट गर्ने
र प्रेषण गर्ने अनि स्वास्थ्य अवस्था बुझ्ने।

यी चार R को योजना तत्काल लागु गरेर
हामी सम्भावित संक्रमणको
साङ्लो तोडन सक्छौ,
लकडाउनका साथै
यो ब्यबस्था तुरुन्तै मिलाउन
सबै गाउँ तथा नगर सरकारलाई
सबैले अनुरोध गरौ।