काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ।
शुक्रबार अनलाइन प्रेस वार्तामा आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा जाएको बताइन् ।
उनका अनुसार यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनेछ । विश्व अर्थतन्त्र ठूलो संकटतर्फ अघि बढेको भन्दै क्रिस्टालिनाले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोष ल्याउनुपर्ने बताइन् ।
कोरोना भाइरसको संक्रमण र त्यसलाई नियन्त्रण गर्ने घोषणा गरिएको लकडाउनका कारण धेरै मुलुकहरुको अर्थतन्त्र धर्मराएको छ। बेरोजगारीको समस्या अचानक बढ्दो क्रममा छ।
अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरणका लागि विश्वका धेरै मुलुकले आर्थिक सहायता योजना ल्याएका छन्। आईएमएफ प्रमुख क्रिस्टालिनाले पनि विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएकी छिन् । –बीबीसी