गोरिकला बमद्वारा कोरोनाविरुद्धको युद्धका लागि १ लाख ५० हजार सहयोग


कालिकोट। विश्व माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण तथा सम्भावित जोखिमलाई दृष्टिगत गर्दै गोरिकला बमले १ लाख ५० हजार प्रदान गरेकी छन्।

जिल्लाको पलाँता गापामा रहेको ए.एन बि हस्पिटलकी सञ्चालकसमेत रहेकी बमले पलाँता स्वास्थ्य कार्यालयलाई उक्त रकम शुक्रबार प्रदान गरेकी हुन्।

गापा अध्यक्ष लक्ष्मण बमका आमा-बाबाको सपना र पलाँताबासिको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उक्त हस्पिटल स्थापना गरिएकोअस्पताल सञ्चाकको दाबी छ। उक्त अस्पतालले पलाँतामा विगत २ वर्षदेखि स्वास्थ्य सेवादिदै आएको छ।