प्रधानमन्त्री ओली डिस्चार्ज


काठमाडौँ। करिब २० घण्टाको अस्पताल बसाइपछि प्रधानमन्‍त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रधानमन्‍त्री ओलीको मुटुको धड्कनमा गडबडी आएपछि बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। डा.अरुण सायमिले प्रधानमन्‍त्रीको स्वास्थ्य सबै ठीक भएकोले डिस्चार्ज गरिएको बताए।

प्रधानमन्‍त्री ओलीको २४ दिनअघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए।