कालिकोट। कोइला जातको कालो पदार्थका विषयलाई लिएर पश्चिम नेपालमा हल्ला खल्ला मच्चिएको छ।
यसका सन्दर्भमा रेडियो नेपाली आवाज कालिकोटका अध्यक्ष अशोक योगी लेख्छन्, ‘कोइला जातको कालो पदार्थका विषयमा कुनै पक्षबाट यो हो र यो होइन ? को तर्क सहि र गलतभन्दा पनि जसलाई जे जे लाग्छ मन मनै मन्थन गरौं। साइइन्सको पक्षधर भएर सोचोैं आकाशबाट देखिएको मुस्लोबाट निस्किएको टुक्रा होला। मन शान्त गरौं।’
उनले अगाडि लेखेका छन्, ‘धार्मिक पक्षधर हिन्दुहरुले देवताको आशिश ठानौ आत्मबल बढाउदै लैजाउँ। तर, कोरोनाको औषधी नै यहि हो भनेर प्रचार नगरौं। न त धर्मले नत साईन्सले पुष्टि नगरी कोही केही नबोलौं। नकरात्मक सन्देश प्रबाह नगरौं। सबैको आत्मिक विचारको सम्मान गरौं। साइन्सको चमत्कार भए नि हाम्रो पालामा हेर्न र देख्न पाईयो।’
धार्मिक अबतार भए नि देखेर राख्न र निधारमा लगाउन पाईयो। तर अहिले नै प्रयोग नगरि हालौ। जे भए पनि अचम्म चाँही हो। धार्मिक रुपमा सोच्ने हो। शुभ मानिन्छ र साईन्सको हिसाबले सोच्ने हो खतराको संकेत मानिन्छ।
अहिले कोरोनाको औषधी बनाउन नसकेर साईन्स थलिएको छ।२१ औ शताब्दिमा धर्मको बिश्वास गर्ने नि जमाना छैन। जे होस ईतिहास हाम्रै पालामा बन्यो खोज र अनुसन्धानको बिषय बनेको छ। हिन्दु धार्मिक आस्थावानहरुले चित्त मात्रै बुजाएर शतप्रतिशत भर नपरेर बस्दा राम्रो। हेर्दै जाउँ सुन्दै जाउँ है।नकरात्मक हल्ला चाहि नफैलाउऔं। सचेत बनौं सुरक्षित बनौं। चिन्तक बनौं अनुसन्धानकर्ता बनौं। नकरात्मक टिप्पणीकार चाँही नबनी हालौं। नाशाको टिमले पुष्टि गर्ला ?
तर, अच्चम त के भने पश्चिम नेपालका अधिकाशं जिल्लामा कोइला जातको कालो पदार्थ भेटिएका खबरहरु आएका छन्। कालिकोटका धेरै पत्रकारहरुले समेत फोटो खिचेर सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन्। उक्त कालो पदार्थका बारेमा गाउँमा अहिले चर्चा परिचर्चा चलिरहेको छ।