प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।

बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो। प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ।

दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए। २१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।