‘लकडाउन’ मा भरियाको अवस्थामाथि नजरअन्दाज नगरियोस्



काठमाडौँ। विश्व माहामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट विश्व दुनियाँ नै यतिबेला गम्भीर अवस्थामा आइपुगेको छ। उक्त माहामारीबाट २१ हजार २ सयले ज्यान गुमाई सकेका छन्। यो समाचार तयार गर्दाको समयसम्म गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन्।

सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ। फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ। कोरोना भाइरसको उदगम देश चीनमा भने ६ जना नयाँ मृतक थपिएका छन्। यससँगै चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ । चीनमा सबैभन्दा धेरै ८१ हजार २ सय ८५ जना संक्रमित छन्।

स्पेनमा मृतकको संख्या आश्चर्यजनकरुपमा बढेको छ। स्पेन धेरै मृत्यु हुने देशहरुको सूचीमा दोस्रो स्थानमा छ । स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । यो चीनको भन्दा ३ सय ६० ले बढी हो।

सबैभन्दा धेरै मानिसको मृत्यु भएको देशको सूचीमा भने इटली छ। इटलीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ। ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा १० हजार ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने ९ सय ३५ जनाको मृत्यु भएको छ।

‘लकडाउन’ मा भरियाको अवस्थामाथि नजरअन्जाद नगरियोस्

त्यसको असर नेपालमा पनि परेको छ। नेपाल कोरोनाको संक्रमण पहिलो स्टेजमा छ। यहाँ अहिले जम्मा तीन जना संक्रमित भेटिएका छन्। सरकारले एक हप्ते लकडाउन घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा भरिया र काम नगरि खान मुस्किल पर्ने वर्ग परेका छन्।

अब सरकारले तत्काल ‘बिहान खाए बेलुका के खाउ’ अवस्थाका मानिसहरुको अवस्थालाई सम्बोधन गर्नका लागि उपाय अपनाउनु पर्छ। त्यसको लागि सहयोगी संस्थाहरुसँग सहकार्य गरेर हुन्छ या सरकारी ढुकुटीबाट सहयोग गर्न सकिन्छ त्यस तर्फ ध्यान दिनुपर्छ।

कोरोनाका बारेमा सरकारले चालेका कदमहरु केही ढिला भएपनि स्वागत योग्य छन्। प्रभावकारी रुपमा यस माहामारीका विरुद्धमा लड्ने हो भने पहिलो स्टेजबाटै यसलाई परास्त गरिने धेरै आधारहरु छन्।

तर, सरकारको कार्यशैलीले दुःखद स्थितिको सामाना गर्नुपर्ने होकि भन्ने आशंका बढ्न थालेका छन्। त्यसैले एकातिर लकडाउन र अर्कोतिर भोकै बस्नुपर्ने स्थिति र्सिजना भयो भने त्यसले राम्रो सन्देश सिर्जना गर्दैन। समयमै यसका बारेमा सरकार गम्भीर बन्नुपर्छ।

गरीब मुलुकहरुको लागि अन्तर्राष्ट्रिय मानवीय सहायता

संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ। बुधबार राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यस्तो बताएका हुन्।

उनले गरीब मुलुकहरुको लागि अन्तर्राष्ट्रिय मानवीय सहायताको रुपमा २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन्। कोरोना भाइरसको महामारी लगातार बढ्दै गएसँगै राष्ट्रसंघले यस्तो अपिल गरेको हो।

गुथ्रेसले यो भाइरस सम्पूर्ण मानव जातिको लागि जोखिम रहेकाले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे। उनले यो भाइरसको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको बताए। अहिलेसम्म यो भाइरसबाट विश्वभर ४ लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्।