कोरोनाका कारण एकैदिन इटलीमा ६८३ र स्पेनमा ६५६ को मृत्यु



एजेन्सी। इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने, स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ। यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ ले ज्यान गुमाइसकेका छन्।

इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म कूल ७४ हजार ३ सय ८६ संक्रमित छन् जसमध्ये ३ हजार ४ सय ८९ को अवस्था गम्भीर छ। साथै स्पेनमा ७ हजार ४ सय ५७ नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ जसमध्ये ३ हजार १ सय ६६ को अवस्था नाजुक छ।

यस्तै अमेरिकामा पनि नयाँ संक्रमितको संख्या तीब्र रुपमा बढ्दो छ। यहाा ११ हजार ९४ नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६५ हजार ९ सय ५० पुगेको छ । यमध्ये १ हजार ४ सय ५२ को अवस्था नाजुक छ।