कोरोनाविरुद्धको युद्धमा इरान: अमेरिकी नाकाबन्दीले औषधी अभाव, तमासा हेर्दै बाँकी विश्व



काठमाडौँ। एक थकित र बिरामी स्वास्थ्यकर्मी अस्पतालको सानो कक्षमा बसेर निरन्तर बिरामीको चेकजाँच गरिरहेकी छिन्। उनले दाहिने हातले बिरामीका लागि औषधीको प्रेस्किप्सन लेखिरहेकी छिन्, बायाँ हातमार्फत सुई घोचेर उनलाई रगत दिइएको छ। उनी डाक्टर र बिरामी दुबै हुन् र यस्तो अवस्थामा काम छाड्न उनलाई कसैले रोक्दैन, सिवाय उनी आफै।

आफ्नो थकित शरीर र गढेका आँखाका बाबजुद सिरिन रोउहानी राडले कोभीड–१९ का बिरामी हेर्दै अस्पतालमा दैनिक १६ घण्टाभन्दा धेरै समय बिताउँछिन्। बिहीबार राति ईरानका अधिकांश जनता शान्त थिए, उनीहरु नयाँ वर्षको तयारीमा थिए । तर, अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी यी डाक्टरले विध्वंशकारी रोगविरुद्ध आफूलाई शान्त राख्न सकिनन् ।

केही कथा प्रेरणादायी छन् र केही दुखद् । तेहरानस्थित एक नाम चलेको अस्पतालकी एक नर्सले बिरामीको उपचारमा सक्रिय हुनुपर्ने भएकाले आफ्नो विवाह नै स्थगित गरिन् । अर्की एक नर्सले आफ्नी आमाले इरान–इराक युद्धमा कसरी पीडितहरुको उपचार गरेकी थिइन् भनेर संझेकी छिन् । उनी अहिलेको नयाँ युद्धमा आफू पीडितको घाउमा मल्हम लगाउन पाउँदा गर्वित छिन् ।

महामारी फैलिएयताका चार साता ईरानमा दुःख, संघर्ष, क्षति, साहस, धैर्यता र बलिदायीका सयौँ कथा लेखिएका छन् । सडकमा देखिएको सन्नाटा अर्थात् मुर्दा शान्तिको ठीक विपरीत छ, अस्पतालमा देखिने चहलपहल । यस युद्धमा अस्पताल अग्रपंक्तिमा छ र डाक्टर तथा नर्सले साहसका साथ मोर्चा सम्हालिरहेका छन् । उत्तरी इरानस्थित गिलानकी २५ वर्षीया नर्स नर्गिस खानालिजादेह यस महामारीमा ज्यान गुमाउने पहिलो इरानी स्वास्थ्यकर्मी हुन् । गिलानमा सुरुवाती समय महामारी फैलदाँ यी युवती मुस्कानसहित संक्रमितहरुको उपचारमा सक्रिय हुन्थिन् ।

क्यास्पियन समून्द्रको किनारमा रहेको गिलान प्रान्तको भूभाग महामारीले सबैभन्दा धेरै प्रभावित भयो, जसकारण स्वास्थ्यकर्मीमाथि उपचारको ठूलो दबाब प(यो । त्यसैले केही दिनभित्रै खानालिजादेह त्यही इन्टेन्सिभ केयर युनिटको बेडमा बस्न बाध्य भइन्, जहाँ उनले अन्य बिरामीको उपचार गर्थिन् । व्यस्त नर्सबाट चिसो बिरामी बन्नुपर्ने यस्ता उदाहरण आजकल इरानमा निकै देखिन्छन्। उनका बाबुले इरानका न्यायालयका प्रमुख इब्राहिम रेइस्सीसँग गरेको कुराकानीको अडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ। एक पितालाई आफ्नी बहादुर छोरीको लाश काँधमा बोक्दा कति पीडा हुन्छ भनेर उनले रुँदै आफ्नो पीडा सुनाएका छन्। यी बाबु आफ्नी छोरी, उनको शिक्षा, उनको नर्सिङ तयारी र उनका सपनाप्रति गर्व गर्छन्, जो छोटो समयमै दुखान्तमा परिणत भयो।

केही कथा प्रेरणादायी छन् र केही दुखद् । तेहरानस्थित एक नाम चलेको अस्पतालकी एक नर्सले बिरामीको उपचारमा सक्रिय हुनुपर्ने भएकाले आफ्नो विवाह नै स्थगित गरिन् । अर्की एक नर्सले आफ्नी आमाले इरान–इराक युद्धमा कसरी पीडितहरुको उपचार गरेकी थिइन् भनेर संझेकी छिन् । उनी अहिलेको नयाँ युद्धमा आफू पीडितको घाउमा मल्हम लगाउन पाउँदा गर्वित छिन्।

सबैभन्दा ठूलो असर ती व्यक्तिमा देखिएको छ जो पूर्व इराकी तानाशाह सद्दाम हुसैनले इरान–इराक युद्धको समय गरेको रशायन आक्रमणबाट बाँचेका थिए । १९८० देखि ८८ सम्म चलेको यस युद्धमा रशायन आक्रमणबाट बाँच्नेको संख्या इरानमा झन्डै १ लाख छ ।

भिडियो बनाएर राम्रो महसुस गर्दैछु भनेको केही घण्टामै एक डाक्टर रोगको शिकार भए । परीक्षणको यस्तो घडीमा प्रेरणा जगाउने कथा पनि थुप्रै छन् । तेहरानबाट १ सय ८० किलोमिटर पूर्वको सिम्नान शहरकी १ सय ३ वर्षीया वृद्ध केही दिन अस्पताल बसेपछि निको भएर घर फर्किइन् । उनले प्लेकार्ड देखाउँदै गरेको एउटा फोटो भाइरल छ, जहाँ लेखिएको छ, ‘धन्य भगवान् मैले कोरोना जितेँ ।’ अबको केही महिनामा यी ‘हजूरआमाकी पनि आमा’ आफ्नो १ सय ४ औं जन्मदिन मनाइरहेकी हुनेछिन् । यसका लागि स्वास्थकर्मीको आरोरात्र कामलाई सलाम गर्नैपर्छ ।

अति चुनौतीपूर्ण अवस्थामा यो युद्ध निकै गाह्रो छ । स्रोत–साधनको अभावका बाबजुद पनि इरानका स्वास्थ्यकर्मीले निरन्तर मेहिनत गरिरहेका छन् । महामारीविरुद्ध लड्न उनीहरुले मेहिनत गरिरहँदा पनि औषधी र उपकरणको अभावले समस्या सिर्जना गरिरहेकोे छ, अमेरिकी प्रतिबन्धका कारण इरानले यी अत्यावश्यक सामाग्री आयात गर्नसक्ने अवस्था छैन। नाकाबन्दीले निम्त्याएको संकटका बेला फैलिएको महामारीसँग जुध्नु सानो युद्ध पक्कै होइन ।

भर्खरै मात्र इरानका विदेशमन्त्री जाभेद जरिफले महामारी नियन्त्रणका लागि अत्यावश्यक सामाग्रीहरुको सुची ट्वीटरमार्फत सार्वजनिक गरेका थिए । यसमा भेन्टिलेटर्स, इलेक्ट्रोसक उपकरण, निवुलाइजर डिभाइस, इनफुसन पम्पस्, सिटी स्क्यान १६ स्लाईस मेसिन, डिजिटल एक्सरे मेसिन परीक्षण किट, मास्क र पञ्जालगायत पर्छन्।

सामान्य अवस्थामा इरानलाई यी सामाग्री आयात गर्न समस्या हुने थिएन, तर अमेरिकी नाकाबन्दीले अवस्था प्रतिकूल बनाइदिएको छ। यी देशहरु अमेरिकाले मानवताविरुद्ध गरेको अपराधमा संलग्न छन्। त्यसैले, संसारले अमेरिकाविरुद्धमात्रै होइन उसका सबै साझेदारविरुद्ध बोल्नुपर्छ। यस समय चुप रहनु भनेको आफु पनि मानवताविरोधी अभियानमा संलग्न वा काम नलाग्ने ९पत्रु० हुनु वा दुबै हुनु हो।

स्वास्थ्य मन्त्रालयका अनुसार हरेक दिन कोभिड–१९ कोरोना भाइरसका ५० नयाँ घटना देखिएका छन् र औसतमा ६ जनाको मृत्यु भइरहेको छ। पछिल्लो एक सातायता मृत्युको संख्याले घण्टी बजाइरहेको छ र स्थिर रुपमा नयाँ घटना पनि बढिरहेकै छन्। इरानको इपिसेन्टर अब क्वोमबाट तेहरानमा सिफ्ट भएको छ। राजधानी शहरका अस्पतालमा परीक्षणका लागि जम्मा भएका शंकास्पद व्यक्तिको भीडले यही पुष्टि गर्छ।

इरानको एलिट रिभोलुसनरी गार्डस्ले पनि अस्पताल सञ्चालनमा ल्याएको छ, मुख्य स्वास्थ्यकेन्द्रलाई मात्रै भार नपरोस् भनेर यसो गरिएको हो। तर, यो संकट निकै ठूलो छ। सबैभन्दा ठूलो असर ती व्यक्तिमा देखिएको छ जो पूर्व इराकी तानाशाह सद्दाम हुसैनले इरान–इराक युद्धको समय गरेको रशायन आक्रमणबाट बाँचेका थिए। १९८० देखि ८८ सम्म चलेको यस युद्धमा रशायन आक्रमणबाट बाँच्नेको संख्या इरानमा झन्डै १ लाख छ।

उनीहरुमध्ये धेरैमा दीर्घकालीन स्वास प्रस्वासको समस्या छ, शक्तिशाली ग्यासको सामना गर्नुपरेकाले यस्तो समस्या देखिएको हो र कोभिड–१९ ले उनीहरुलाई अत्यधिक समस्या सिर्जना गर्छ । युद्धमा बाँचेर फोक्सो र हृदयघातसम्बन्धी समस्याबाट झेलिरहेका अधिकांश मानिस मरेको खबर पछिल्लो साता आइरहेको छ । डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि लगाएको नाकाबन्दीमा औषधीमा प्रतिबन्ध छैन, तर विदेशी कम्पनीमाथि वासिङटनका इरानविरोधी गिद्धहरुले दबाब सिर्जना गरिरहेका छन् । उनीहरुको चाहना इरानीलाई मृत्युको मुखमा पु¥याउने नै थियो, जसको पुष्टि यसै साता अमेरिकी सरकारले इरानको पेट्रोेकेमिकल उद्योग ९ग्यास, प्लास्टिक, रबर, टेक्सटायल उत्पादन गर्ने० मा लगाएको ताजा नाकाबन्दीले ग(यो । महामारीको मध्यमा लगाइएको नाकाबन्दीको अर्थ अरु के हुनसक्छ रु

केही सीमित देश छाडेर अन्तर्राष्ट्रिय समुदायले दमनमा परेको इरानमा महामारी फैलँदा कसरी योगदान गरेका थिए, इतिहासले सम्झनेछ । के थाहा, आज इतिहासको गलत बाटोमा बस्नेहरुले पनि भविष्यमा यस्तै अवस्था सामाना गर्नुपर्ने हुनसक्छ। अमेरिकासँग कहिल्यै स्थायी साथी थिएन, यति कसम त गद्दाफी र सद्दामजस्ताले चिहानबाटै खान सक्छन्।

विश्वव्यापी महामारीबीच इरानी राष्ट्रपति र विदेशमन्त्रीले भर्खरै विश्वका ठूला नेतालाई पत्र लेख्दै यस महामारीविरुद्ध समन्वय र सहयोगको खोजी गरेका थिए। उनीहरुले एकपक्षीय तथा अवैध अमेरिकी नाकाबन्दीको स्मरण पनि गराएका थिए, तर अझै अन्तर्राष्ट्रिय समुदायले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। केही मुस्लिम अरब देशको व्यवहार पनि उदाङ्गो भएको छ, जसले असंलग्न परराष्ट्र नीतिविपरीत इरानविरुद्धको अमेरिकी नाकाबन्दीविरुद्ध संयुक्त विज्ञप्ती जारी गर्न अन्यलाई दिएनन् । अमेरिकी नाकाबन्दीले इरानलाई महामारीविरुद्ध लड्न अवरोध गरेकाले नाकाबन्दी खुकुलो बनाउनुनपर्ने माग समावेश संयुक्त वक्तव्यको विपक्षमा साउदी अरेबिया, बहराइन, मोरक्को र यमन उभिए।

यी देशहरु अमेरिकाले मानवताविरुद्ध गरेको अपराधमा संलग्न छन्। त्यसैले, संसारले अमेरिकाविरुद्धमात्रै होइन उसका सबै साझेदारविरुद्ध बोल्नुपर्छ। यस समय चुप रहनु भनेको आफु पनि मानवताविरोधी अभियानमा संलग्न वा काम नलाग्ने ९पत्रु० हुनु वा दुबै हुनु हो। कठिन समय सधैँ रहदैंन, तर यसले मानिसको वास्तविक चरित्र उदाङ्गो पार्छ। कठिन समयले साथी र दुश्मन पनि चिनाउँछ।

केही सीमित देश छाडेर अन्तर्राष्ट्रिय समुदायले दमनमा परेको इरानमा महामारी फैलँदा कसरी योगदान गरेका थिए, इतिहासले सम्झनेछ । के थाहा, आज इतिहासको गलत बाटोमा बस्नेहरुले पनि भविष्यमा यस्तै अवस्था सामाना गर्नुपर्ने हुनसक्छ। अमेरिकासँग कहिल्यै स्थायी साथी थिएन, यति कसम त गद्दाफी र सद्दामजस्ताले चिहानबाटै खान सक्छन्।

इरानमाथि सन् २०१८ मा अमेरिकी प्रशासनले लगाएको एकपक्षीय नाकाबन्दी र अत्यावश्यक र औषधी सामाग्रीमा समेत खडा गरेको अवरोध गैरकानूनी तथा अमानविय छ, इन्टरनेशनल कोर्ट अफ जस्टिसले पनि यही भनेको छ। इरानमा औषधी र उपकरणको अभावमा दैनिक सयौँले ज्यान गुमाएका छन्, त्यसैले यो गैरकानूनीमात्रै होइन मानवताविरुद्धकै अपराध हो। यहाँ, हरेक जीवनको गणना हुन्छ र हरेक मृत्यु अमेरिका तथा उसका सहयोगीद्धारा गरिएको क्रुर हत्या हो। इरानमा महामारी फैलियोस् भनेरै नाकाबन्दी थप कडा गरिएको छ, इरानी स्वास्थ प्रणालीमा समस्या सिर्जना गर्ने गरी।

युद्धमा बहादुर इरानीलाई हराउन नसकेपछि वासिङटनका गिद्धहरुले तेल–अभीभ र रियादका साथीसँग मिलेर इरानीलाई हराउन गलत बाटो समातेका छन्, उनीहरु यहाँ पनि असफल हुनेछन्। इरानका सबै जनता यस कालो चरण पार गरेको हेर्न प्रतिवद्ध छन् र जीवन फेरि सामान्य हुनेछ । तर उनीहरुले संझनेछन् यो दुखद् घडीमा को साथमा थियो र को विरुद्धमा लाग्यो। – द तेहरान टाइम्सबाट