एजेन्सी। फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २ सय ४० जनाको ज्यान गएको छ। यो सँगै मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।
यसका साथै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको छ। फ्रान्समा कोरोना भाइरसको २ हजार ४ सय ४४ नयाँ संक्रमण देखिएको छ।
यससँगै कोरोना भाइरसको कूल संक्रमितको संख्या २२ हजार ३ सय पुगेको छ। संक्रमण रोक्नका लागि युरोपका अन्य देश झैं फ्रान्सले पनि विभिन्न प्रकारको कडा प्रतिबन्ध लगाएको छ। १७ मार्चदेखि नै फ्रान्समा लकडाउन छ। सुरुमा यो १५ दिनका लागि थियो तर यसमा थप वृद्धि गर्ने कुरा भइरहेको छ।