कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० हजार नजिक



काठमाडौँ। नोभेल कोरोना भाइरस चीनको ऊहानबाट सुरु भएको हो तर यसको ‘इपिसेन्टर’ क्रमशः अन्तर्राष्ट्रिय स्तरमा सर्दैछ। अहिले यसको इपिसेन्टर युरोप हो, तोकेरै भन्नुपर्दा इटली।

यहाँ कोरोना भाइरसका संक्रमतिको संख्या ७० हजार पुगेको छ भने मृतकको संख्या ७ हजार पुगिसकेको जोन होप्किन्स युनिभर्सिटीले जानकारी दिएको छ।

यद्यपि, इटलीमा लकडाउन भएको दुई हप्ता बित्नै लाग्दा इटलीमा संक्रमित र मृतकको संख्या घट्ने अनुमान गरिएको छ । विज्ञका अनुसार कोभिड–१९ को इन्कुबेशन समय १ देखि १४ दिन हो त्यसकारण सरकारले मानिसहरुलाई घरभित्रै बस्न दिएको निर्देशनको फाइदा देखिन पूरा दुई हप्ताको समय लाग्छ।

इटलीमा मार्च १३ तारिखमा लकडाउन गरिएको थियो अर्थात्, शुक्रबार दुई हप्ता पूरा हुनेछ। अमेरिकाले  हालै केही स्थानमा यात्राको प्रतिबन्ध त लगाएको छ तर राष्ट्रियस्तरमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छैन ।

सीएनएनका अनुसार अमेरिकामा मंगलबार रातीसम्म नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ७६ संक्रमित भेटिएका छन् भने सात सय बढीको मृत्यु भएको छ।

सिएनएनले सरकार र स्थानीय स्वास्थ्य विभागले दिएको जानकारीको आधारमा यो जानकारी दिएको हो । सिएनएनको विश्लेषण अनुसार मार्च ४ देखि यहाँ संक्रमितको संख्यामा २३ प्रतिशतका वृद्धि भएको छ।

मार्च १८ देखि १९ सम्म अमेरिकामा मृत्युदर ५१ प्रतिशतले वृद्धि भयो जहाँ एकैदिन मृतकको संख्या ८,७६० बाट १३,२२९ पुगेको छ ।यद्यपि, जनस्वास्थ्य विभागलगायत अमेरिकी स्वास्थयकर्मीले सबैभन्दा खराब स्थिती अझै देख्न बाँकी भएको चेतावनी दिएका छन्।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २० हजारको नजिक पुगेको छ। सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः

१. इटलीः ६,८२०

२. हुबेई प्रान्त, चीनः ३,१६०

३. स्पेनः २,८०८

४. इरानः १,९३४

५. फ्रान्सः १,१००

६. अमेरिकाः ७७५

७. ब्रिटेनः ४२२

८. नेदरल्याण्डः २७६

९. जर्मनीः १५७

१०. बेल्जियमः १२२

स्रोत : https://www.bbc.com/hindi/live/international-51955838