नेता शाहीद्वारा मास्क वितरण



जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीले एक हजार थान मास्क वितरण गरेका छन्।

नेता शाही २०७४ को निर्वाचनमा उम्मेद्वार रहेको जिल्लाको हिमा गाउँपालिकामा उनले एक हजार मास्क वितरण गरेको कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

विश्व माहामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट जोगिनका लागि आधारभुत रुपमा मास्क अनिवार्य देखिएको छ। उक्त अवस्थालाई दृष्टिगत गर्दै नेता शाहीले आफ्नो निर्वाचन क्षेत्र (गापा) मा मास्क वितरण गरिएको बताएका छन्।

उनले मास्क वितरण गरिएका तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘स्थानीय निर्बाचनमा म हिमा गाउँपालिकामा अध्यक्षको उमेदवार थिए। त्यस कारण मेरो तर्फबाट निःशुल्क रुपमा हिमा गाउँपालिकाको बागबजार, जुगार, भुगालपाटा र बाजागाड खोलामा एक् हजार मास्क वितरण गरेको छु। हिमा गाउँपालिको अपुग अन्य स्थानमा छिटो भन्दा छिटो बाड्ने तयारिमा छु।’

विश्व माहामारीका रुपमा फैलिएको कोरोनाले आतंकित बनेका नेपालीहरुले विगतका निर्वाचनलाई स्मरण गर्दै ‘चुनवामा निःशुल्क टिसर्ट र टोपी वितरण गर्नेहरुले यो बेलामा मास्क वितरण गर्दा कति खुशी हुँदाहुन् जनता’ भनेर सामाजिक सञ्जाल मार्फत दबाब दिएका थिए। उक्त कुरा नेता शाहीले आफूलाई घत लागेको समते बताएका छन्।