गायिका मिरा गिरीको ‘मायाको खडेरी’ बजारमा



काठमाडौँ। गायिका मिरा गिरीलाई यतिबेला मायाको खडेरी परेको छ। मुलुकमा कोरोनाको महामारी चलेको बेला गायिका गिरीलाई भने मायाको खडेरी परेकोले विरहको गीत गाउँदै हिंडेको बुझिएको छ।

गायिका मिरा गिरीको स्वरमा रहेको गीत ‘मायाको खडेरी’ बजारमा आएको छ। सुमन पण्डितको शब्द रहेको यस गीतको संगीत भने विरही कार्कीको रहेको छ। विनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतको अडियो भने शुभकामना मिडिया सोलुशनबाट बजारमा आएको हो।

भिडियोमा गायिका गिरी स्वयम् यो गीतमा अभिनय गरेकी छन्। उनको साथमा उदिराम खड्का र दिपक विकको अभिनय रहेको छ। विवेक खड्काको छायाँकन तथा सम्पादन रहेको भिडियोलाई मिरा गिरी युट्यूब च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो।