नाकै अगाडि झुण्डिएको गम्भीर प्रश्न



नरबहादुर कार्की

हामीले आविष्कारको आँखाबाट नहेर्ने हो भने निश्चित छ, हामी सकिन्छौ। मान्छेलाई जानेका प्रश्नको जानेको उत्तर निकाल्न हतारछ। मानेको तरिकाबाट मान्नुपर्ने बिचार लाद्नु वा पारीत गराउनुछ।

अहिलेको समयमा प्रश्नको जवाफ अहिलेमा होइन, हिजोमा खोज्नु छ। यस अर्थमा म देख्छु लोकतन्त्रको जीवन्त हिड्ने दावा गरिएको प्रणाली वा मार्क्सवादी द्वन्दात्मकताको दाँयारा नाघेर सोच्नुपर्ने समय आएको छ। समाज, न्याय, विकास, अर्थतन्त्र वा ज्ञानका सिमितता विश्वभरी छताछुल्ल भएका छन्। अहिलेको समयको केन्द्रीय प्रश्न भनेको के हामी रहन्छौ ? रहन्छौ भने हामी के गरिरहेका हुनेछौ ? देश, संस्कृति, अर्थतन्त्र, धर्महरु, पार्टीहरु, परिवारहरु, पेशाहरु, व्यवसाय, र संस्थाहरुको नाक अगाडि झुन्डिको प्रश्न हो यो।

कसलाई को बाट असुरक्षा छ भनेर सोध्न पनि जरुरत छैन। किन कि हामीले हाम्रो ज्ञानको उच्चतम यात्राको अनुभव गरिसकेका छैँ। जसरी राम, कृष्ण, र जनक हुँदाहुँदै पनि उनीहरुको जगमा बनेको दुनियाँ राम्रो झन् राम्रो र अझ राम्रो त भएन। लडाईंका सारा कारण जीवित छोडेको कसले आजसम्म आउँदा मानवताले उसको ज्ञानका सबै सम्भ्राम र अनुमान प्रयोग गर्‍यो। अब दुई रोजार्इ छन, १. उही दोहर्याउने, २. आविष्कार गर्ने।

दोहर्याउने सजिलो छ। तर, यो समयका उत्तर मिल्ने छैन। आविष्कार गर्नु जरुरी छ। तर, त्यो शिक्षा र सहासको अभाव छ। साचै भनु भने नयाँ पिढिको लागि हामीले एउटा भविष्य छोड्न नसक्ने सदियौदेखिको दुर्वलता अभ्यास गरिरहेका छौं। यो अभ्यास लोकलयको नाममा, सान्दर्भिकताको नाममा, तर्कसंगत र यथार्तपरकताको नाममा, हामीले जोगाउँदै आएका छौँ, एउटा बिरासतको रुपमा। हाम्रा अग्रजहरु र हाम्रा विश्वविद्यालयको सान्दर्भिकता माथि मैले होइन समयले प्रश्न रहेको छ। मान्छे योग्य हुँदै जाँदा संसार बस्न लायक हुँदै गयो त ?

मैले यसकारण पनि ओबामाको पेश्किमा पाएको नोबल पुरस्कार, सुकिको बयान र मोदीले संबिधान सभामा सम्बोधन गर्दा वा रेलिङ नाघेर जय जयकार गर्ने भिडको बिरोध गरेको थिए। के संसारलाई फरक पर्‍यो त ? चार वटा प्रगतिका पाइचार्ट देखाउन एउटा एनजिओले पनि सकेको हुन्छ। तर, फरक के पर्‍यो? त्यसको जवाफ छैन।

किन कि यो ढाँचाको संसारमा कसैले फरक पार्न सक्दैनन। पुरातन शास्त्रको वा उपलब्ध विधिको विधानमा बसेर। नेपालमा माओवादीभन्दा जटिल परिक्षा दिएर सत्तामा पुगेका समकालिन कोही थिएनन्। तर, फरक केही पर्‍यो त ? परेन, सिर्फ व्यवस्थाको नाम र वितरणको नियम फेरियो। यसको मतलव माओवादी खराब वा फलानो खराब होइन, किन कि यो ढाँचाभित्र कसैसँग अहिलेको समयको जवाफ छैनन। विश्वभरिका मिडियाको गिर्दो साख हेर्नुहोस्, सरकारहरुलाई मात गर्ने आतंकवादी सूचना र इन्टेलिजेन्स हेर्नुहोस्, राजनीतिमा पल्ला फेरिदैगरेका शक्क्तिकेन्द्र हेर्नुहोस्, धर्महरुको जेहादी प्रायोजन हेर्नुस्। छ जवाफ ? छैन ।

यो विद्यमान ज्ञानको बाकसभित्र मानव स्वयंको पूर्ण परिभाषा छैन। कोही ध्यान गर भन्छन्। कोही हठ योग, कोही चाइना तिर लाग्ने भन्छन्। कोही भारत तिर। सबैलाई उपलब्ध र प्रयोग भएका विकल्पको पिर छ। अब हेर्नुहोला कुनै बेला ताल्चा लागेका कार्यालय खुल्ने र झन्डाहरु देखिने छन्, अमेरिकामा। किन कि विकल्पको छनोटको अन्तमा मान्छे कुनै बेला रद्दी ठानेको कुरा फेरी उठाउछ।

मलाई लाग्छ अब बिकल्पको छनोट होइन। विकल्प च्यातेर फाल्ने बेला आएको छ। तर, एउटा सम्भावना छ, त्यो सम्भावनाको बाटोमा जानु भनेको निकै अपरम्परागत छ। यसले शक्ति, बनेका नियम र विद्यमान ज्ञानलाई कौडीको मोल दिन्छ। यो मार्ग भनेको ग्यालिलियो जन्माउने वा फेरी अल्बर्ट आइनस्टाइन जन्माउने जस्तो हो। जसले च्याप्टो धर्ती र एउटा सत्य दुइटैलाई एउटै खाल्डोमा हालेका थिए। अब हामीलाई नयाँ मान्छे जन्माउनु छ जसले यो उजागर गरोस् कि के छ त्यहा जहाँ त्यो छैन। सबै जानकार अनि विद्वानवर्गलाई बहसमा आमन्त्रण छ।