कोरोनाविरुद्धको सरकारी कदम अन्तिम विकल्प: लक्ष्मण शाही


जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले विश्व माहामारीका रुपमा फैलिरहेको कोरोनाभाइसर (कोभिड-१९) का बारेमा सरकारले चालेको कदम स्वागत योग्य रहेको भन्दै त्यसलाई साथ दिन सबैलाई आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल मार्फत उनले विश्व माहामारीका रुपमा फैलिरहेको (कोभिड-१९) बाट बच्न र यसका विरुद्ध लड्नका लागि सचेत रहनुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, ‘लकडाउन’ लाई सरकारको आलोचना गर्ने अस्त्र बनाउन हुँदैन। सरकारको कदमलाई साथ दिनुपर्छ।’

उनले समाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छ, ‘लकडाउनलाई सरकारको विरोध गर्ने अस्त्र नबनाऔं। यो त सरकारले तपाई हाम्रै स्वास्थ्य सुरक्षाका लागि गरेको अन्तिम विकल्प हो। कोरोनासँग विश्व जुधिरहेका बेला तपाईं हामी पनि आ-आफ्नो ठाउँबाट सरकारको यो कदममा साथ दिऔं। आफू पनि स्वस्थ रहौं, अरुलाई पनि सजग गराऔं।’