काठमाडौँ। अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ।
तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ। सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो। तर भारतबाट नेपालीहरु आउने क्रम रोकिएको छैन।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलकाअनुसार अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिइएको छ।
साथै उनीहरुको सबै विवरण लिने र १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिनेछ। क्वारेन्टाइनमा बसेका वेला उनीहरू सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीको निगरानीमा हुनेछन्।