सरकारी नियम सरकारबाटै उल्लंघन



काठमाडौँ। विश्व माहामारीका रुपमा फैलिरहेको (कोभिड-१९) को सम्भावित जोखिमलाई न्युनिकरण गर्नका लागि सरकारले केही दिन अगाडि नियम बनाएको थियो।

आज पनि नेपाल प्रहरीले सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरेको छ। कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनगर गर्दै प्रहरीले यस्तो अनुरोध गरेको हो।

सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको तथा आजदेखि नाका भएर यात्रुबाहेक सवारीसाधान भित्रन तथा बाहिरिन समेत नदिने निर्णय गरेसँगै प्रहरीले यस्तो अनुरोध गरेको हो। सँगै सरकारले भारत र चीनसँगको सबै नाका समेत आजैदेखि बन्द गराएको छ।

२५ जना बढी भिडभाड नगर्न, क्लब, फिल्म हललगायत सञ्चालनमा पनि रोक लगाइएको छ। महानगरीय प्रहरी कार्यालयले सङ्क्रमणविरुद्ध अभियान सञ्चालन गर्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

कार्यालयले ‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ भन्ने नारा नै तय गरेको छ। यस्तै सरोकारवाला निकायले प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन समेत थालेका छन्।

यस्तै सर्वसाधारण नागरिकमा समस्या देखिए आवश्यक सुविधाका लागि महानगरीय प्रहरीले प्रहरी अस्पतालको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको हो।

चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए। उक्त पत्रकार सम्मेलनमा सरकारले तोकेको भन्दाधेरै नै पत्रकाहरु उपस्थिति भएको देखियो।

सरकारले आफ्नो नियमा अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन अनुरोध गरेको छ। साथै २५ जनाभन्दाबढी जम्मा नहन अनुरोध गरेको थियो। यस्तो अनुरोध सरकारी मन्त्रीहरुले नै उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।