नरेन्द्र प्यासीको स्वरमा नयाँ गीत बजारमा



कोहलपुर। चर्चित तथा लोकप्रिय गायक नरेन्द्र प्यासीको स्वरमा नयाँ गीत बजारमा आएको छ।

‘नौ डाँडा पारी त्यो माया छरी पिरती टाढाको’ बोलको नयाँ गीत बजारमा आएको हो। संगीतकार सन्तोस श्रेष्ठको संगीतमा गायक प्यासीले आफ्नो कर्णप्रीय स्वर भरेका छन्। गीतको भावअनुसारको भिडियो पनि तयार भएको छ।

सुरेश घिमिरे, स्नेहा भट्टराई र खेम खनालले भिडियोमा अभिनय गरेका छन्। अर्जुन सापकोटाले छायांकन गरेको भिडियो जीवन टन्डनले सम्पादन गरेका हुन्।

भिडियोलाई बसन्त सापकोटाले निर्देशन गरेका हुन्। एक दशक भन्दा लामो समय देखि यहि क्षेत्रमा सक्रिय सापकोटाले झन्डै १०० हाराहारीमा भिडियो निर्देशन गरिसकेका छन्।