कर्ट क्याम्बेल/ रस दोसी
कोरोना भाइरस विश्वभर महामारी बनिरहँदा संसारभरका लाखौँ–करोडौँ जनता यतिबेला ‘आइसोलेसन’मा छन्। त्यसैले भूराजनीतिक विषयभन्दा यतिबेला स्वास्थ्य–सुरक्षा पहिलो प्राथमिकतामा छ। तर दीर्घकालिन रुपमा विशेषगरी अमेरिकाको विश्वव्यापी प्रभावका सवालमा यो विषय पेचिलो बन्नसक्छ। सुरुमा विस्तारै र त्यसपछि एकैपटक परिवर्तन हुने गरेको विश्वव्यापी मान्यताको इतिहास छ। १९५६ मा सुइज नहरमा हस्तक्षेप असफल हुँदा बेलायतको महाशक्तीको ताज खोसियो। अहिलेको परिस्थिती सम्बोधन गर्न अमेरिका चुक्यो भने कोरोनाभाइरसको महामारी उसका लागि अर्को ‘सुइज अभियान’ का रुपमा चिनिनेछ, आजका दिन अमेरिकी नीति–निर्माताले यो तथ्य स्विकार्नैपर्छ ।
अन्धभक्तबाहेक बाँकी सबैलाई थाहा छ, कोरोनापछि प्रारम्भिक प्रतिक्रिया देखाउन अमेरिका असफल भएको छ । ह्वाइटहाउस, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सिडिसी’ का गलत कदमले अमेरिकाको क्षमता र आत्मविश्वासको अवमूल्यन भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका सार्वजनिक अभिव्यक्ति चाहे राष्ट्रपति कार्यालयबाटै आएका सम्बोधन हुन् वा बिहानै आउने ट्वीट यसले द्विविधा र अस्थिरता फैलाउन सहयोग गरेको छ । यो महामारीले एक्लै अघि बढ्ने ट्रम्पको स्वभाव र वैश्विक मामिलामा वासिङ्टनको निम्छरो तयारी छर्लङ्ग पारेको छ । पछिल्ला सात दशकमा विश्वको नेताका रुपमा अमेरिकाको हैसियत पैसा र शक्तिकै आडमा मात्र बनेको होइन – घरेलु सुशासन, बाँकी विश्वका जनताप्रतिको राम्रो व्यवहार र विश्वव्यापी संकटमा सबैलाई संयोजन गर्नसक्ने क्षमता तथा इच्छाशक्तिले यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ । कोरोना भाइरसको महामारीले अमेरिकी नेतृत्वका यी सबै गुणको परीक्षा लिदैँछ र वासिङ्टन असफल हुँदैछ ।
वासिङ्टन रोकिएका बेला, अमेरिकी गल्तीको फाइदा उठाएर रिक्त रहेको वैश्विक नेतृत्व हासिल गर्नेगरी बेइजिङ तीव्र गतिमा अगाडि बढ्दैछ । उसले आफ्नै प्रणालीको प्रचार गर्ने गरी काम गर्दैछ, अन्य देशलाई अत्यावश्यक सामाग्री उपलब्ध गराउने र अन्य सरकारसँग समन्वय गर्ने काम समेत गरेको छ ।
वासिङ्टन रोकिएका बेला, अमेरिकी गल्तीको फाइदा उठाएर रिक्त रहेको वैश्विक नेतृत्व हासिल गर्नेगरी बेइजिङ तीव्र गतिमा अगाडि बढ्दैछ । उसले आफ्नै प्रणालीको प्रचार गर्ने गरी काम गर्दैछ, अन्य देशलाई अत्यावश्यक सामाग्री उपलब्ध गराउने र अन्य सरकारसँग समन्वय गर्ने काम समेत गरेको छ ।
खासमा यो बेइजिङकै गलत कदमले निम्तिएको समस्या हो । पहिले उसले महामारी लुकाउन खोज्यो, अहिले यसैले संसारका धेरै ठाउँमा समस्या निम्त्याएको छ । अहिले बेइजिङले बुझेको छ, उसले आफैंलाई नेतृत्वदायी देखाउन सक्यो र वासिङटनले त्यस्तो गर्ने इच्छा देखाएन वा असफल भयो भने विश्व राजनीतिमा अमेरिकाको हैसियत परिवर्तन हुनसक्छ ।
गल्ती भएको थियो
नोबल कोरोना भाइरसलाई ढाकछेप गर्न खोज्नु चिनियाँ नेतृत्वको गल्ती थियो । यो भाइरस गत वर्ष नोभेम्बरमा नै ऊहान शहरमा देखा परेको थियो, तर अधिकारीहरुले महिनौँसम्म खुलासा गरेनन् । यसबारे पहिलोपटक सार्वजनिक बोल्ने डाक्टरलाईसमेत उनीहरुले कारबाही गरे, कम्तिमा यसको खुलासा हुन ५ साता ढिला भयो । यस अवधिमा धेरै सर्वसाधारणले रोगबारे जानकारी पाउनसक्थें, अन्तर्राष्ट्रिय भ्रमण रद्द हुनसक्थ्यो र परीक्षण अझै धेरै फराकिलो हुनसक्थ्यो।
यो संकटपूर्ण रुपमा गहिरिएपछि पनि बेइजिङले सूचनामा नियन्त्रण राख्यो, सिडिसीले गरेको सहयोग प्रस्ताव अस्वीकार ग(यो, विश्व स्वास्थ संगठनलाई ऊहान भ्रमणमा नियन्त्रण गर्यो। सायद, संक्रमित र मृतकको संख्या कम देखायो र बारम्बार कोभीड–१९ का नयाँ संक्रमितको संख्या गलत रुपमा प्रस्तुत गर्यो। सायद, आधिकारीक संख्या तोडमोड गर्न यस्ता कदम चालिएको हो ।
अमेरिकाले सिर्जना गरेको द्विविधालाई बेइजिङले आख्यान भन्ने अवसरका रुपमा कब्जा गरेको छ, उसका राज्य नियन्त्रित सञ्चारमाध्यम र कुटनीतिज्ञले विश्वका दर्शकलाई निरन्तर चिनियाँ प्रयासको सर्वोच्चताबारे संझाइरहेका छन् । सिनुवा न्युज एजेन्सीकै सम्पादकीय भाषाअनुसार ‘वासिङटनका राजनीतिक कुलीनहरुको गैरजिम्मेवारी र अक्षमता’ बारे आलोचना गरिरहेका छन् ।
जब जनवरी–फेब्रअरीमा संकट गहिरियो, तब केही पर्यवेक्षकलाई कोरोनाले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व नै कमजोर बनाउने शंका लाग्यो । यसलाई चीनको ‘चेर्नोबियल’ पनि भनियो । डाक्टर लि वेनलियाङ, जसले यसबारे गोप्य सुचना बाहिर ल्याए, उनलाई चीन सरकारले चुप लगायो । उनको तुलना तियानमेन स्क्वायरका ‘ट्याङ्क म्यान’ सँग समेत गरियो ।
यसका बाबजुद मार्चको सुरुवातसम्म चीनले विजय घोषणा गर्न थालिसकेको थियो । आधिकारीक तथ्याङ्कअनुसार दैनिक रिपोर्ट हुने नयाँ संक्रमितको संख्या मार्चको मध्यसम्म १० मा झर्यो , जबकी फेब्रअरीको मध्यसम्म यो सयौँमा थियो । यस्तो लहर रोकिनुको श्रेय देशभरका सामुहिक क्वारेन्टाइन, भ्रमण स्थगित र पूर्ण सटडाउनलाई जान्छ । कोरोना फैलिए यता सुरुवाती साता चुप देखिएका चिनियाँ राष्ट्रपति सी जिनपिङ एक्कासी उद्धारकार्यमा आफै प्रत्यक्ष संलग्न हुनुलाई धेरै पर्यवेक्षकले अनौठो माने, यस महिना त उनी आफै ऊहान गए ।
अझै पनि चीनमा जनजीवन सामान्य भइसकेको छैन, सार्वजनिक भएका तथ्याङ्कमाथि पनि निरन्तर प्रश्न उठिरहेको छ । तर, चीनले ठूलो आख्यान तयार गरेर आफ्नो सफलताको संकेत बाँकी विश्वलाई दिँदैछ – यसले संकटको सुरुवातमा भएका कमजोरी हावामा उडाउँदै चीनलाई विश्वव्यापी समस्याबाट मुक्त हुने महत्त्वपूर्ण खेलाडी बनाउँछ ।
यस कथाको महत्त्वपूर्ण पाटो भाइरसविरुद्धको लडाइँमा बेइजिङको काल्पनिक विजय हो । लेख, ट्वीट र विभिन्न भाषामा सार्वजनिक सन्देशमार्फत चीनको उपलब्धि र चिनियाँ मोडलको सुशासनको प्रभावकारीताबारे वर्णन गरिएको छ । ‘यस लडाँइमा देखिएको चीनको सामथ्र्य, प्रभावकारीता र गतिको फराकिलो रुपमा प्रशंसा भएको छ,’ चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले घोषणा गरेका छन्,‘ यसले महामारीविरुद्धको लडाइँमा विश्वव्यापी प्रयासको नयाँ मापदण्ड तय गरेको छ ।’ यसको ठीक विपरीत, केन्द्रीय अधिकारीहरुले सूचनामा नियन्त्रण गरेका छन् र राज्यका निकायलाई अनुशासनमा राखेका छन् ।
पश्चिमा शक्ति, विशेषगरी अमेरिकाले कोरोनाविरुद्धको लडाइँमा खेलेको उदेकलाग्दो भूमिकाले यस्तो सन्देशलाई अझै बढावा दिएको छ । पर्याप्त मात्रामा परीक्षण किट तयार गर्न वासिङ्टन असफल छ, यसको अर्थ अमेरिकाले औसत कम व्यक्तिमा परीक्षण गरेको छ वा महामारीको प्रतिक्रिया दिन ट्रम्प प्रशासन एकजुट छैन भन्ने बुझिन्छ ।
अमेरिकाले सिर्जना गरेको द्विविधालाई बेइजिङले आख्यान भन्ने अवसरका रुपमा कब्जा गरेको छ, उसका राज्य नियन्त्रित सञ्चारमाध्यम र कुटनीतिज्ञले विश्वका दर्शकलाई निरन्तर चिनियाँ प्रयासको सर्वोच्चताबारे संझाइरहेका छन् । सिनुवा न्युज एजेन्सीकै सम्पादकीय भाषाअनुसार ‘वासिङटनका राजनीतिक कुलीनहरुको गैरजिम्मेवारी र अक्षमता’ बारे आलोचना गरिरहेका छन् ।
विश्वव्यापी महामारीपछि आफुमाथि लागेका आरोप कम गर्न चिनियाँ अधिकारी र राज्य नियन्त्रित सञ्चारमाध्यमले कोरोनाभाइरस चीनबाट फैलिएकै होइन भन्ने तर्कसमेत गरेका छन् । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता र दर्जनभन्दा बढी कुटनीतिज्ञले शेयर गरेको कमजोर स्रोतका लेखमा अमेरिकी सेनाले ऊहानमा कोरोना भाइरस फैलाएको उल्लेख छ । यस्ता गतिविधि र तीन अमेरिकी पत्रकारलाई निकाल्ने कदममार्फत चीनले आफ्नै महत्त्व घटाइरहेको छ ।
जब इटलीले औषधी उपकरण र सुरक्षा कवचका लागि अपिल गर्दा कुनै पनि युरोपेली देशबाट जवाफ पाएन, तब चीनले १ हजार भेन्टिलेटर, २० लाख मास्क, १ लाख रेस्पिरेटर, २० हजार थान सुरक्षा पोशाक र ५० हजार परीक्षण किट उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर ग(यो । चीनले ईरानमा स्वास्थकर्मीको टोलीसँगै २ लाख ५० हजार थान मास्क र सर्बियामा पनि सहयोग ग¥यो । त्यसैले त सर्बियाका राष्ट्रपतिले युरोपेली एकतालाई ‘दन्त्यकथा’ भने । उनले घोषणा नै गरे,‘कुनै देशले हामीलाई सहयोग गर्नसक्छ भने त्यो चीनमात्रै हो ।’
चीनले बनाउँछ, विश्वले लिन्छ
सीले बुझेका छन्, विश्वको सेवा गर्दा उदयमान शक्तिको नेतृत्वदायी क्षमता बढ्नेछ। सरकारी संयन्त्रमा सुधार ल्याएर ‘विश्वव्यापी सुशासन’ बारे नीति–निर्मातालाई सोच्न बाध्य गराउन सीले पछिल्ला केही वर्ष खर्चिएका छन्, कोरोना भाइरसको महामारी सिद्धान्तलाई व्यवहारमा उतार्ने राम्रो अवसर हो । मास्क, रेस्पिरेटर, भेन्टिलेर्स र औषधीजस्ता चीनको बढ्दो राहत सहयोग हेर्नुस् । संकटको सुरुवातमा चीनले यी सामाग्री किन्यो, उत्पादन गर्यो र सहयोगका रुपमा पनि लियो । अहिले ऊ यी सामाग्रीहरु अरुलाई हस्तान्तरण गर्ने अवस्थामा छ ।
जब इटलीले औषधी उपकरण र सुरक्षा कवचका लागि अपिल गर्दा कुनै पनि युरोपेली देशबाट जवाफ पाएन, तब चीनले १ हजार भेन्टिलेटर, २० लाख मास्क, १ लाख रेस्पिरेटर, २० हजार थान सुरक्षा पोशाक र ५० हजार परीक्षण किट उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर ग(यो । चीनले ईरानमा स्वास्थकर्मीको टोलीसँगै २ लाख ५० हजार थान मास्क र सर्बियामा पनि सहयोग ग¥यो । त्यसैले त सर्बियाका राष्ट्रपतिले युरोपेली एकतालाई ‘दन्त्यकथा’ भने । उनले घोषणा नै गरे,‘कुनै देशले हामीलाई सहयोग गर्नसक्छ भने त्यो चीनमात्रै हो ।’
अलीबाबाका संस्थापक ज्याकमाले सहयोगस्वरुप ठूलो संख्यामा परीक्षण किट तथा मास्क अमेरिका पठाउने घोषणा गरेका छन् । त्यस्तै, उनले ५४ वटा अफ्रिकी देशलाई १ लाख मास्क र २० हजार परीक्षण किट उपलब्ध गराउने घोषणा गरेका छन् ।
विभिन्न सामाग्री सहयोग गर्न बेइजिङले देखाएको सक्रियताले आजका दिनमा राम्रैसँग स्थापित गर्छ– कोरोना भाइरसविरुद्धको लडाइँमा विश्व जे कुरामा निर्भर छ, त्यो चीनमा बन्छ । पहिल्यै चीन सर्जिकल मास्कको मुख्य उत्पादक थियो – अहिले युद्धमा जसरी नै चीनले औद्योगिक मोबिलाइजेशन बढाएको छ, उसले विश्वका विभिन्न देशमा पु(याउनसक्ने गरी १० गुणाले मास्कको उत्पादन बढाएको छ ।
स्वास्थकर्मीको सुरक्षाका लागि महत्त्वपूर्ण मानिने एन ९५ रेस्पिरेटर्सकोे झन्डै ५० प्रतिशत चीनमा उत्पादन हुन्छ । चीनले आफ्नो देशमा रहेका विदेशी कम्पनीलाई यस्ता रेस्पिरेटर्स उत्पादन गरेर सिधैं सरकारलाई बिक्री गर्न बाध्य गराएको छ । कोभीड–१९ बाट देखिएका अन्य इन्फेक्सनलाई सम्बोधन गर्ने सवालमा एन्टीबायोटिक्सहरु चिन्तित छन्, यसको समाधानका लागि आवश्यक औषधी चीनले उत्पादन गर्छ ।
अमेरिकाले अन्यत्रका संकटग्रस्त क्षेत्रमा सहयोग गर्ने त परै जाओस्, आफ्नै मागअनुसार पनि उत्पादन गर्न सकेको छैन । यो तस्विर कहालीलाग्दो छ – महामारीसँग जुध्न आवश्यकमध्ये अमेरिकी स्ट्रयाटिजिक नेशनल स्टकपाइल ९ औषधी भण्डारण गर्ने निकाय० सँग केवल १ प्रतिशत मास्क र रेस्पिरेटर्स तथा झन्डै १० प्रतिशत भेन्टिलेरमात्रै छ । बाँकी सामाग्री या त चीनबाट निर्यात गरेर तयार गर्नुपर्छ वा घरेलु उत्पादन तिव्र गतिमा बढाउनुपर्छ । त्यस्तै, अमेरिकी एन्टीबायोटिक्स बजारमा चीनको हिस्सा ९५ प्रतिशत छ, अर्थात् उत्पादनका लागि आवश्यक धेरै चीज घरेलु रुपमा तयार गर्न सकिदैन ।
अमेरिकाले संकटको सुरुमा चीन र अन्य देशलाई सहयोग गर्ने घोषणा गरेपनि अब ऊ त्यसरी सहयोग गर्ने अवस्थामा रहेन । उसको आफ्नै संकट बढेको छ । जबकी, बेइजिङले विश्वलाई अत्यावश्यक परेका बेला सहयोग गरिरहेको छ ।
संकटपछिको प्रक्रिया भन्नुको अर्थ राहत सामाग्रीमात्रै होइन । २०१४–१५ को इबोला संकटमा अमेरिकाले रोकथामका लागि दर्जनौँ देशसँग गठबन्धन गर्दै नेतृत्वदायी भूमिका खेलेको थियो । कोरोनाभाइरसविरुद्ध प्रतिक्रिया देखाउन यस्तो नेतृत्वदायी पहल अहिलेसम्म ट्रम्प प्रशासनले गरेको छैन । आफ्नै सहयोगी देशसँग पनि समन्वयको कमी छ । जस्तो, युरोपलाई भ्रमण प्रतिबन्ध लगाउनुअघि ट्रम्पले आफ्ना सहयोगी देशलाई पनि कुनै अग्रिम सुचना दिएनन् ।
चीनले स्वस्थ कुटनीतिक अभियान चलाउँदै दर्जनौं देश र सयौँ अधिकारीसँग भिडियो कन्फ्रेस गरिसकेको छ, उसले रोगविरुद्ध लड्न आफ्ना अनुभव र सूचना बाँडिरहेको छ । चीनको कुटनीतिझैं, यस्तो एकताको प्रयास क्षेत्रीय तह र निकायमार्फत विश्वभर छ । सेन्ट्रल र पूर्वी युरोपेली देशले १७ प्लस १ मेकानिज्ममार्फत साङघाई कर्पोरेशन अर्गनाइजेशनका प्रतिनिधिसहित यस्तो बैठक गरेका छन्, त्यस्तै टेन प्यासिफिक आइल्यान्ड देश र अफ्रिका, युरोप तथा एशियाका अन्य देशले पनि यस्तो प्रयास गरेका छन् । चीनले यस्तो योजनाको प्रचारका लागि कडा मेहिनत गरिरहेको छ । चीनले कसरी विभिन्न देशलाई राहत सामाग्री र सूचनामा सहयोग गर्दै छ भनेर प्रत्येक दिनजस्तो विदेश नीति सम्बन्धी प्रोपोगान्डा फैलाउने पत्रिकाका प्रथम पृष्ठमा समाचार आउँछ, त्यहाँ बेइजिङको सर्वोच्चता ‘हाइलाइट’ गरिएको हुन्छ ।
कोरोनाभाइरस कहाँबाट सुरु भएको थियो भन्ने विषयलाई प्राथमिकतामा राख्दा थोरैमात्र उपलब्धि भएको छ – चीनको प्रोपोगान्डा वा जस्तालाई–त्यस्तै गर्ने सांकेतिक सट्टाबाजीका बाबजुद यसबारे धेरैले बुझिसकेका छन् । चिनियाँ अधिकारीले अमेरिकी सैनिकलाई भाइरस फैलाएको आरोप लगाएकाले आवश्यकता पर्दा अमेरिकाले प्रतिक्रिया दिनुपर्छ । तर, सामान्यतया कोरोना भाइरसबारे आफ्नो सन्देश दिनेक्रममा चीनलाई केन्द्रमा राख्नुहुन्न ।
कसरी नेतृत्व गर्ने रु
कोरोना भाइरसको बिगबिगीको समय विश्वव्यापी नेतृत्व खोज्नका लागि चीनको मुख्य हतियार नै अमेरिकी विदेश नीतिका कमजोरी हुन् । त्यसैले, चीनको खोजीको अन्तिम सफलता वासिङ्टनमा के हुन्छ र बेइजिङमा के हुन्छ भन्नेमै निर्भर छ । नेताबाट गरिने अपेक्षा पूरा गर्न वासिङटन सक्षम भएमा अझै परिस्थिती उल्टनसक्छ । यसका लागि अमेरिकाले घरभित्रको समस्या व्यवस्थापन गर्न, विश्वका सर्वसाधारणलाई आवश्यक राहत उपलब्ध गराउन र विश्वव्यापी प्रतिक्रियालाई संयोजित गर्न जरुरी छ ।
भूराजनीतिभन्दा पहिले घरेलु सुशासनको प्रश्न आउँछ, त्यसैले पहिलो काम कोरोनाको रोकथाम त्रासमा रहेका अमेरिकी जनतालाई सुरक्षा दिनु हो । तर वासिङटन कसरी बढ्छ, त्यसैले अन्नत भूराजनीतिको निष्कर्ष दिन्छ । जस्तो, संघीय सरकारले तत्कालै घरेलु मास्क, रेस्पिरेटर र भ्यान्टिलेटरको उत्पादन र विस्तारमा युद्धको समय जसरी नै सहयोग र छुट दिएमा अमेरिकी जनता बाँच्छन् । त्रासदीको समय विश्वव्यापी माग कम हुँदा अन्य देशका नागरिकलाई पनि राहत मिल्छ । अहिले अमेरिका आफैंले महामारीमा आवश्यक सामाग्रीको जोहो गर्न सकेको छैन, तर लाईफ साइन्स र बायोटेक्नोलोजीमा उसको प्रभाव यस संकटको वास्तविक समाधान अर्थात् भ्याक्सिन खोजीमा निर्णायक सावित हुनसक्छ ।
अमेरिकी ल्याब र कम्पनीहरुलाई मेडिकल ‘मानहट्टन प्रोजेक्ट’ को योजना बनाउन, क्लिनिकल ट्रयाल निरन्तर गरिरहन र सामुहिक रुपमा भ्याक्सिन बनाउने काममा लगाउन अमेरिकी सरकारले प्रोत्साहन दिनसक्छ । यस्ता महङ्गो प्रयासका लागि ठूलै लगानी चाहिन्छ, सरकारको उदार लगानी र वोनसले भ्याक्सिनको सफल उत्पादनमा अवश्य फरक पार्नसक्छ ।
वासिङटनको गलत व्यवस्थापनका बाबजुद राज्य र स्थानीय सरकार, गैरनाफामुखी र धार्मिक संस्था, विश्वविद्यालय र कम्पनीहरु संघीय सरकारले केही गर्न र कदम चालौंला भनेर बसेका छैनन्, यो मननयोग्य छ । अमेरिकी लगानीका कम्पनी र अनुसन्धानकर्ताहरुले अहिल्यै भ्याक्सिन निर्माणमा प्रगती गरिरहेका छन् ।
घरमा आफ्नो ध्यान केन्द्रीत गर्दा–गर्दै पनि वासिङटनले विश्वव्यापी समन्वयको आवश्यकतालाई वेवास्ता गर्न सक्दैन । बलियो नेतृत्वले मात्रै भ्रमण प्रतिबन्ध, सूचना आदनप्रदान र अत्यावश्यक सामाग्रीको उपलब्धताबारे विश्वव्यापी समन्वयमा देखिएको समस्या समाधान गर्नसक्छ । अमेरिकाले दशकौंदेखि सफल रुपमा यस्तो नेतृत्व गरेको छ र यसपटक पनि गर्नैपर्छ । यस्तो नेतृत्वले आख्यान युद्धबाट प्रेरित हुनुभन्दा प्रभावकारी रुपमा चीनसँग समन्वय गर्न आवश्यक छ ।
कोरोनाभाइरस कहाँबाट सुरु भएको थियो भन्ने विषयलाई प्राथमिकतामा राख्दा थोरैमात्र उपलब्धि भएको छ – चीनको प्रोपोगान्डा वा जस्तालाई–त्यस्तै गर्ने सांकेतिक सट्टाबाजीका बाबजुद यसबारे धेरैले बुझिसकेका छन् । चिनियाँ अधिकारीले अमेरिकी सैनिकलाई भाइरस फैलाएको आरोप लगाएकाले आवश्यकता पर्दा अमेरिकाले प्रतिक्रिया दिनुपर्छ । तर, सामान्यतया कोरोना भाइरसबारे आफ्नो सन्देश दिनेक्रममा चीनलाई केन्द्रमा राख्नुहुन्न ।
वासिङटन र बेइजिङले मिलेर विश्वको फाइदाका लागि अझै धेरै गर्न बाँकी छ । उनीहरुले मिलेर भ्याक्सिनको अनुसन्धान र क्लिनिकल परीक्षण, अर्थतन्त्र उस्काने प्रयास, सूचनाको बाँडफाँड, औद्योगिक मोबिलाईजेशन उदाहरणका लागि अत्यावश्यक रेस्पिरेटरका तत्व वा भेन्टिलेटरका पार्टस् र अन्यलाई सयुंक्त सहयोग उपलब्ध गराउनसक्छन् । अन्त्यमा, कोरोनाभाइरसले उठ्ने संकेत दिएको हुनसक्छ, यसले जलवायु परिवर्तनलगायत अन्य विश्वव्यापी चुनौतीमा अमेरिका–चीन सहकार्यलाई अघि बढाउनसक्छ । यस्ता कदमलाई बाँकी विश्वले चीनको शक्तीका रुपमा मात्रै बुझ्नहुन्न र बुझ्नेछैन । बरु, यो भविष्यमा अमेरिकी नेतृत्वप्रतिको विश्वास पुनस्र्थापित गर्ने अवसर हुनसक्छ । भूराजनीतिक रुपमा देखिएको अहिलेको संकटमा राम्रो बन्न अमेरिकाले राम्रै गर्नुपर्छ ।
स्रोतः फरेन अफेयर्स