भारत र चीनसँगका सबै नाका बन्द गर्ने सरकारको निर्णय



काठमाडौँ। सरकारले भारत र चीनसँगको सबै नाका बन्द गर्ने निर्णय गरेको छ। सीमा नाका भएको आउजाने गर्नेबाट कोरोना भाइरस नेपाल भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

आइतबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि एक साता सीमा बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

यता सीमासम्म आइपुगेका नागरिकलाई प्राप्त चेकजाचपछि स्वदेश फर्कन दिनुपर्छ। यस्तो अवस्थामा आफ्नो देश सम्झेर फर्केका आफ्ना नागरिकलाई राज्य छ भन्ने महसुस गराउनुपर्छ।

त्यसको लागि सरकारले उचित जनशक्ति र चेक जाचमा ध्यान दिनुपर्छ। त्यस्तै अन्य देशमा पनि अलपत्रमा परेका नागरिकहरुको उद्दार गर्न तिर लाग्नुपर्छ।