कोठा भाडामा ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेविसंघको माग


काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपत्यकामा भाडामा बस्ने विद्यार्थीलाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन्। यस्तै उपत्यका बाहिर घर भएका र घर जना इच्छुक विद्यार्थीलाई निः शुल्क घर जाने व्यवस्था गर्न नेविसंघको माग छ।

‘सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई सहुलियत वा कर छुट दिएर कोरोनाको संकट अवधिभर इन्टरनेट सेवा निः शुल्क उपलब्ध गरियोस्। भारतमा कोरोनाको प्रकोप बढेकाले भारतीय नाकाको आवत जावत पूर्ण रुपमा बन्द गरियो,’ अध्यक्ष ढुंगानाद्ववरा जारी विज्ञप्तिमा उल्लेखअत्यावश्यक उपभोग्य बस्तुको कृतिम अभाव, महंगी र कालोबजारीको प्रभावकारी अनुगमन र नियन्त्रण गर्न नेविसंघले सरकारको ध्यानाकर्षण गरेको छ।