काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदको बैठक बोलाइएको जानकारी दिएकी हुन्।
प्रधानमन्त्री ओलीले मिर्गौला पुन: प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन्। फागुन १८ गतेपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्ने लागको हो। उक्त १८ गतेको बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो।
आजको बैठकमा यो बीचमा उक्त समितिले गरेको काम कारबाहीको समीक्षा हुने छ। बैठकले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ।