इटलीमा कोरोनाका कारण एकैदिन ७ सय ९३ को मृत्यु



काठमाडौँ। कोरोना भाइरसले पूरा संसारलाई गाँजेको छ। इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ। यो खतरनाक संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ।

साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ। यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन्।

कोरोनाभाइरसका कारण इटलीमा सबैभन्दा धेरै मृत्यु भइरहेको छ। यहाँ अहिलेसम्म ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ।

अमेरिकी उपराष्ट्रपतिको कोविड-१९ परीक्षण

अमेरिकी उपराष्ट्रपति माइक पेन्सको कार्यालयका एक कर्मचारी  कोरोना भारसबाट संक्रमित पाइएका थिए। स्थानीय मिडिया रिपोर्ट अनुसार ह्वाइट हाउसका कर्मचारीको सन्दर्भमा कोरोना संक्रमणको यो पहिलो ज्ञात घटना हो। यस्तै, अब अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र उनकी श्रीमतीको कोविड–१९ परीक्षण गरिएको छ।

इरानमा अहलेसम्म १५ सय ५६ को मृत्यु

इरानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ सय ५६ को मृत्यु भएको छ। इरानमा अहिलेसम्म कोरोनाका २० हजार ६ सय १० संक्रमित भेटिएका छन्।