विदेशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखियो



काठमाडौँ। विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ। जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन्।

कोरोना भाइरस जोमिकलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु आज नेपाल आएको हुन्। शनिबार जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरका थिए।

आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने छ। बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो।