‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै भन्ने सन्देशको सत्यता छैन’



काठमाडौँ। कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्।

‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो। यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ। हिजो शुक्रबारदेखि भाइरल बनेका भ्रमपूर्ण अडियो सन्देशका दोषीहरुलाई पक्राउ गर्न प्रहरी लागि परेको छ।