सरकारको आग्रहलाई मनन् गरौं, घर बाहिर नजाऔँ: रेखा थापा



काठमाडौँ। रेखा थापा समसामयिक विषय बस्तुमा केन्द्रीत रहेर आफ्ना अभिव्यक्ति मार्फत समाजलाई सुचित गर्ने एक उदाहरणीय नायिका हुन्।

पछिल्लो समयमा उनले विश्व माहामारीका रुपमा फैलिरहेको (कोभिड-१९) का बारेमा निरन्तर आफ्ना अभिव्यक्तिहरु मार्फत समाजलाई सुचित गरिरहेकी छन्। भिडियो र सामाजिक सञ्जाल मार्फत उनले तारन्तर कोरोनाबाट बच्न र बचाउन सबैलाई आग्रह गरिरहेकी छन्।

साथै उनले सम्यमित भएर कोरोनासँग जुध्न सुझाव दिएकी छन्। शनिबार मात्रै पटक-पटक स्टाटस र भिडियो मार्फत कोरोनाका बारेमा सन्देश प्रसारण गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सावधान होऔँ, आतंकित नहोऔँ।’

त्यस्तै उनले सरकारले गरेको आग्रहलाई गम्भीर भएर लिन अपिल गरेकी छन्। उनले अगाडि लेखेकी छन्, ‘सरकारले गरेको अपिललाई मनन् गरेर अत्यावश्यक काम बाहेकमा घर बाहिर ननिस्किउँ।’