दुई सातासम्म अदालतहरु बन्द



काठमाडौँ। विश्व माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको जोखिमलाई इंगित गर्दै देशभरका अदालतहरु बन्द हुने भएको छ।

सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको ‘फुल कोट’ बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो।

अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको हो। सर्वोच्च अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिनेछ।