सार्वजनिक कार्यालय पनि बन्द गरिनुपर्छ: अनुराग शाह


काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाहले विश्व माहामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न सार्वजनिक कार्यालय बन्द गर्न सुझाव दिएका छन्।

सरकारले बुधबार स्कुल, कलेज र विश्वविद्यालय बन्द गर्ने निर्णय गरेको थियो। चैत ६ गतेदेखि सञ्चालन हुने भनिएको एसईई परिक्षा र विश्वविद्यालयका सम्पूर्ण परिक्षा स्थगित भएका छन्।

उक्त प्रसँगलाई इंगित गर्दै नेता शाहले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्कुल र क्याम्पसहरु मात्रै होईन सार्वजनिक कार्यलय तथा बैंकहरु पनि समयमै बन्द गर्न सरकारको ध्यान गएन भने भोलि विकराल परिस्थिति आउन सक्छ।’