काठमाडौँ। शुक्रबारदेखि सुरू हुने भनिएको स्नातकोत्तर तहका सबै परीक्षा स्थगित भएको छ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ, डिन डिल्लीराज सापकोटाले भने।
कोरोनाभाइरस (कोभिड १९) को संक्रमणको त्रासलाई ध्यानमा राखेर परीक्षा स्थगित गरेको उनले बताए। यसअघि शिक्षा मन्त्रलायले बुधबार साँझ सम्पूर्ण शैक्षिक संस्थामा पठनपाठन र एसइईलगायत परीक्षा स्थगित गरेको थियो।