विश्वविद्यालयका परीक्षा पनि स्थगित



काठमाडौँ। सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको बताए।

अनलाईन खबरका अनुसार यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन।

यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो। तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो।