(एसईई) परीक्षा स्थगित


काठमाडौँ। सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो। अनलाईन खबरका अनुसार यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो।