‘विद्यार्थीहरुको ढुकढुकी नबुझ्ने विद्यार्थी आन्दोलन मिति सकिएको बस्तु हो’



काठमाडौँ। अनेराश्ववियूका संहयोजक रञ्जित तामाले विद्यार्थीहरुको अवस्था र मनको ढुकढुकी नबुझ्ने विद्यार्थी आन्दोलन मिति सकिएको औषधी जस्तै भएको टिप्पणी गरेका छन्।

तामाले बुधबार सामाजिक सञ्जाल फेशबुकमा एक स्टाटस लेख्दै विद्यार्थी आन्दोलनमाथि अनेकौं प्रश्न उठ्ने गरेको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले लेखेका छन्, ‘विद्यार्थी आन्दोलनको औचित्य माथि अनेकौं बहस हुने गरेको छ। सतही र हचुवाका विषयमा रुमलिनु आन्दोलनको दिनचर्या होईन, थिएन। विद्यार्थीहरुको मनको ढुकढुकी नबुझ्ने विद्यार्थी आन्दोलन डेड एक्सपायर बस्तु जस्तै हो।’

नेता तामाले समय परिस्थितिअनुसार विद्यार्थी आन्दोलनलाई प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको बताएका छन्। उनले अगाडि लेखेका छन्, ‘जो समयक्रममा प्रतिस्थापनको लागि अनिवार्य छ। हामी जसको अधिकारका लागि भनेर राजनीतिक गर्छौं, उनीहरुलाई हाम्रो राजनीतिले सरोकार राख्नुपर्छ। तव मात्रै उनीहरुले पनि हाम्रो राजनीतिमा आस्था र भरोसा जनाउँछन्।’